Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

सिमलढापबाट इच्छाकामना गाउँपालिकामा पनि सुकुम्वासीहरुलाई लालपुर्जाको निस्सा वितरण सुरु

सिमलढापबाट इच्छाकामना गाउँपालिकामा पनि सुकुम्वासीहरुलाई लालपुर्जाको निस्सा वितरण सुरु

इच्छाकामना न्युज

२२, चैत्र २०७८
सिमलढापबाट इच्छाकामना गाउँपालिकामा पनि सुकुम्वासीहरुलाई लालपुर्जाको निस्सा वितरण सुरु
images

सिमलढाप, २२ चैत । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा पनि सुकुम्वासीहरुलाई लाल पुर्जा वितरणको प्रकृयाका लागि निस्सा वितरण सुरु गरिएको छ । सोमबार राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनका बिज्ञ सदस्य निर प्रसाद लामिछानेको प्रमुख आतिथ्य, राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य लक्ष्मीकान्त दवाडीको विशिष्ट आतिथ्यता तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षतामा एक कार्यक्रमकाबिच निस्सा वितरण गरिएको हो ।

images
images

निस्सा वितरण कार्यक्रममा मन्तव्य राख्दै आयोगका बिज्ञ सदस्य निर प्रसाद लामीछाने र सदस्य लक्षमीकान्त दुवाडीले नापी कार्यालयसंग समन्वय गरि जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडी बढाउने बताउनुभएको थियो ।

विज्ञ सदस्य लामीछानेले भन्नुभयो, “लाल पुर्जा पाउनेमा तपाइहरु ढुक्क हुनुहोस्,विश्वस्त रहनुहोस् नापी कार्यालयसंग समन्वय गरि जग्गा नाप नक्सा कार्यका लागि प्राथमिकताका साथ अगाडी बढाउने छौँ ।” सो कार्यक्रमका माझ २० जनालाई निस्सा वितरण गरिएको छ ।

निस्सा पाएपछि स्थानीयहरुले खुशी व्यक्त गरेको थियो । निस्सा पाएपछि चाडैँ लाल पुर्जा पाउने आशा व्यक्त गर्दै भूमि आयोगका सदस्य, जनप्रतिनिधि कर्मचारीहरुलाई धन्यावाद दिएको थियो ।

निस्सा वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रवक्ता सावित्री गुरुङ, वडाध्यक्ष बम बहादुर थापा ९विजय० र राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिका कार्यालयका सेवा केन्द्रका प्रमुख हरि देवकोटाका अनुसार इच्छाकामनामा ३ हजार ३८९ भूमिहिन दलित, भूमिहिन सुकुम्वासीले निवेदन दिएका छन् । वडा नम्बर ७ मा सबै भन्दा बढी १ हजार ५१० रहेका छन् । वडा नम्बर ७ बाट प्राप्त निवेदन आयोगको अनलाइन प्रणालीमा प्रबिष्ट गर्ने कार्य सम्पन्न भएसगैँ निस्सा वितरण सुरु गरिएको प्रमुख देवकोटाको भनाई छ ।

अन्य वडाको पनि भूमिआयोगको अनलाइन प्रणालीमा निवेदन प्रबिष्ट गर्ने कार्य भइरहेकोले चाडैँ निस्सा वितरण गरिने प्रमुख देवकोटाले बताउनुभयो ।
राष्ट्रिय भूमि आयोग ताहाचल काठमाण्डौ र इच्छाकामना गाउँपालिकाबीच कार्य सहमति पत्रमा हस्ताक्षर गरि सकेपछि बिगतमा निवेदन फाराम भर्न छुट भएका भूमिहीन दलित भूमिहिन सुकुम्वासीलाई निवेदन फाराम भर्नको लागि २०७८ फागुन २६ गते गते राष्ट्रिय भूमि आयोगबाट ३५ दिने सूचना प्रकाशित भैसकेको र सो को लागि निवेदन फारामहरू सबै वडा कार्यालमा उपलब्ध गराइएको गराइएको प्रमुख देवकोटाको भनाई छ ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ०८:३९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology