Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नमूना खोर निर्माण र सुधारका लागि बाख्रा पालक किसानलाई अनुदान दिन सुरु गर्दै इच्छाकामना गाउँपालिका

नमूना खोर निर्माण र सुधारका लागि बाख्रा पालक किसानलाई अनुदान दिन सुरु गर्दै इच्छाकामना गाउँपालिका

इच्छाकामना न्युज

२२, चैत्र २०७८
नमूना खोर निर्माण र सुधारका लागि बाख्रा पालक किसानलाई अनुदान दिन सुरु गर्दै इच्छाकामना गाउँपालिका

हात्तिवाङ, २२ चैत । चितवनको इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण र सुधारका लागि गाउँपालिका भित्रका बाख्रा पालक किसानहरुलाई अनुदान दिन सुरु गरेको छ। गाउँपालिकाको विकास सँगै स्थानीय नागरिकको गुणस्तीय जीवन सुधारमा लाग्ने स्थानीय सरकारको उद्देश्य अनुरुप किसानहरुको आर्थिक समृद्धिमा सघाउ पुर्‍याउने अभिप्रायले गाउँपालिकाले बाख्रा पालक किसानहरुको लागि अनुदान रकम वितरण सुरु गरेको हो।

images

277473784_2363953150570350_6139091989326919649_n.jpg

पहिलो चरणमा इच्छाकामना गाउँपालिका वडा नं. १ का ३ वटा समूहका ३३ जना बाख्रा पालक किसानहरुलाई जनही १० हजारको दरले अनुदान रकम वितरण गरिएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिए। उनका अनुसार गाउँपालिकाले गाउँपालिका भित्रका ५२ वटा समूहका १ सय ३० जनालाई नमूना खोर निर्माण र सुधारका लागि अनुदान रकम वितरण गरिनेछ।

277700320_1020304142226697_5626089917954467563_n.jpg

यसका लागि गाउँपालिकाले हेफर इन्टरनेशनल नामक गैरसरकारी संस्थासँग सहकार्य र समन्वय गरिएको उनले बताए। अध्यक्ष गुरुङका अनुसार जम्मा लागतको २५ प्रतिशत खर्च संस्थाले व्यहोर्ने छ भने बाँकी गाउँपालिकाले उपलब्ध गराउनेछ। यस्तै आगामी ३ वर्ष भित्रमा गाउँपालिकाले १ करोड ५२ लाख रुपैयाँ यो कार्यक्रम अन्तर्गत खर्च गर्ने तयारी रहेको पनि उनले बताए। 

277593672_1317687415408800_7365275949919101191_n.jpg

यसैगरि उत्कृष्ट खोर निर्माण गर्ने समूहका एक जना किसानलाई २५ हजार नगद रकम सहित पुरस्कृत गर्ने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिएका छन्। यहि कार्यक्रम अन्तर्गत अब छिट्टै किसानहरुलाई बिउ बाख्रा बाड्नुका साथै युवा र बा समूहहरु गठन गरि जीवन परिवर्तनको लागि आधारशिला तालिम दिने उनले बताए।

277701702_350401687105457_6062041011688917076_n.jpg

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - २२:२५:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology