Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

गोरखाको गण्डकी गाउँपालिकामा माओवादी केन्द्रले बनायो ४९९ सदस्यीय निर्वाचन परिचालन कमिटि

गोरखाको गण्डकी गाउँपालिकामा माओवादी केन्द्रले बनायो ४९९ सदस्यीय निर्वाचन परिचालन कमिटि

इच्छाकामना न्युज

२६, चैत्र २०७८
गोरखाको गण्डकी गाउँपालिकामा माओवादी केन्द्रले बनायो ४९९ सदस्यीय निर्वाचन परिचालन कमिटि
images

गोरखा, २६ चैत । नेकपा माओबादी केन्द्रले गण्डकी गाउँपालिकामा ४९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुट्टारमा बसेको गाउँपार्टी समितिको बिस्तारित बैठकले पार्टीका प्रदेश समितिका सदस्य तथा गाउँपार्टीका समितिका इन्चार्ज दिपक तिमेल्सिना (साकार) को नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।

images
images

त्यस्तै बैठकले पार्टी नेता तुलसी रेग्मीको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ । निर्वाचनका लागि पालिका भित्रका प्रत्येक बुथमा कार्यकर्ता केन्द्रित गर्ने उद्देस्यका साथ एक बुथ, सय युथको अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको सो पार्टीले जनाएको छ ।

त्यस्तै निर्वाचनका बेला पार्टीका तर्फबाट घोषणा पत्र निर्माण गर्न इन्जार्ज तिमेल्सिनाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति समेत गठन गरेको छ ।

बैठकले पालिका स्तरीय आर्थिक समिति लगायतका अन्य बिभिन्न समिति गठन गर्दै पार्टीका जनवर्गिय संगठन, भातृसंगठन तथा जातिय मोर्चाहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय समेत गरेको जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य अमर तमुले गण्डकी गाउँपालिकामा माओवादी केन्द्र सबैभन्दा बलियो सांगठनिक अवस्थामा रहेको भन्दै निर्वाचनमा जीतको नतिजा निकाल्न आतुर रहेको बताए ।

बैठक नेकपा गाउँपार्टी समितिका अध्यक्ष सिताराम रसाइलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

 

 
 

images
प्रकाशित मिति :चैत्र २६, २०७८ शनिवार - ०८:३३:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology