Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

नेपाल अरबीहरूको नोकर उत्पादन गर्ने कारखाना भयोः राजेन्द्र लिङ्देन

नेपाल अरबीहरूको नोकर उत्पादन गर्ने कारखाना भयोः राजेन्द्र लिङ्देन

इच्छाकामना न्युज

१०, बैशाख २०७९
नेपाल अरबीहरूको नोकर उत्पादन गर्ने कारखाना भयोः राजेन्द्र लिङ्देन
images

विराटनगर, १० बैशाख । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले देश अरबीहरूको नोकर उत्पादन गर्ने कारखाना भएको आरोप लगाएका छन्। मोरङको बेलबारीमा शुक्रबार आयोजित नगर सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

images
images

उनले करिब ३ दशक सत्ता सम्हालेका राजनीतिक दलहरूले देशलाई पूर्णरुपमा बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको आरोप लगाउँदै भने, ‘जुन देशको जनसंख्या ३ करोड पुगेको छैन‚ त्यो देशका पचासौँ लाख युवा वैदेशिक रोजगारीमा छन्।’

देश बन्छ भनेर फेरि तिनै नेतालाई भोट दिनु भनेको साँढेको टाङमुनि बाल्टीन थापेर दूध आउँछ भनेजस्तै भएको उनले व्यंग्य गरे। ‘त्यसलाई दूध दिएन भनेर सुमसुम्याउँदा पनि हुँदैन, कुँडो थपिदिँदा पनि हुँदैन,’ उनले भने, ‘किनभने साँढेको धर्म नै दूध दिने होइन।’

उनले राजनीतिक दलका पछिल्ला गतिविधि हेर्दा मुलुकका तीन अंगबीच परस्पर तालमेल नरहेको बताए। उनले दावी गरे‚ ‘जसले गर्दा मुलुक अफ्ठयारोमा पर्छ र जनतालाई सकस भएको छ।’

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - ०८:०४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology