Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीमा पहिलो दिन स्वतन्त्र सहित ८ जनाले उम्मेद्वारी दर्ता गरे

आँबुखैरेनीमा पहिलो दिन स्वतन्त्र सहित ८ जनाले उम्मेद्वारी दर्ता गरे

इच्छाकामना न्युज

११, बैशाख २०७९
आँबुखैरेनीमा पहिलो दिन स्वतन्त्र सहित ८ जनाले उम्मेद्वारी दर्ता गरे
images

आँबुखैरेनी, ११ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकामा स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गर्ने पहिलो दिनमा स्वतन्त्र सहित ८ जनाले उम्मेद्वारी दिएको छ। उनीहरुले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षका साथै सदस्यहरुमा उम्मेद्वारी दिएको हो।

images
images

आँबुखैरेनीका निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले दिएको जानकारी अनुसार अध्यक्षमा विवेकशील साझापाटीबाट उत्सव अधिकारीले उम्मेद्वारी दर्ता गरेका छन् भने उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेद्वार इम बहादुर के.सी.ले उम्मेद्वारी दर्ता गरेका छन्। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाटै वडा नं. १ को वडाध्यक्षमा जनकराज सेंढाईले उम्मेद्वारी दर्ता गराएका छन् भने वडा नं. ३ मा राप्रपाबाटै वडाध्यक्षमा सुमन बगाले, खुला सदस्यहरुमा मनोजकुमार श्रेष्ठ, मनोज श्रेष्ठ र महिला सदस्यमा विष्णुकुमारी श्रेष्ठ उम्मेद्वारी दर्ता गरेका छन्।

यसैगरी आजै वडा नं. १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार कर्ण बहादुर गुरुङले पनि उम्मेद्वारी दर्ता गरेको छ। 

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - २१:०१:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology