Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको देवघाट गाउँपालिकामा उम्मेदवार दर्ता गर्नेमा राप्रपा पहिलो, अन्य दलले भोली गर्ने

तनहुँको देवघाट गाउँपालिकामा उम्मेदवार दर्ता गर्नेमा राप्रपा पहिलो, अन्य दलले भोली गर्ने

इच्छाकामना न्युज

११, बैशाख २०७९
तनहुँको देवघाट गाउँपालिकामा उम्मेदवार दर्ता गर्नेमा राप्रपा पहिलो, अन्य दलले भोली गर्ने

देवघाट, ११ वैशाख । तनहुँको देवघाट गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देवघाट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष,वडा अध्यक्ष र सदस्य पदको उम्मेदवारी मनोनयन दर्ता गर्ने पार्टीमा पहिलो बनेको छ।

images

आज मनोनयनको पहिलो दिन सुरुमै देवघाट गाउँपालिकाको अध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट कृष्णप्रसाद आचार्यले मनोनयन दर्ता गराएका छन् भने, उपाध्यक्ष पदमा गंगामायाँ गुरुङ, देवघाट ५ को वडाध्यक्ष पदमा कृष्णप्रसाद पोखरेल र वडा सदस्यमा चन्द्र बहादुर शाहीले मनोनयन दर्ता गराएको देवघाटका निर्वाचन अधिकृत थमनसिङ्ग थापाले जानकारी दिए। साथै अधिकृत थापाले मनोनयन दर्ता प्रक्रियालाई सहज र सजिलो बनाउन समय बिभाजन समेत गरेको बताए।
 
उनले दिएको जानकारी अनुसार भोलि १२ गते बिहान १० बजे देखि मध्यान्ह १२ सम्म खुल्ला मनोनयन दर्ता गर्न सक्नेछ भने मध्यान्ह १२ बजे देखि दिउँसो १ बजेसम्म नेकपा माओवादी केन्द्र पार्टीले, दिउँसो १ बजे देखी २ बजेसम्म नेकपा एमाले पार्टी, दिउँसो ३ बजे देखि ४ बजेसम्म नेपालि काङ्ग्रेस पार्टी र दिउँसो ४ बजे देखी साझ ५ बजेसम्म राप्रपा, एकिकृत समाजवादी, जसपा पार्टीलाई मनोनयन गर्न आउन आग्रह समेत गरे।
 
३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि उम्मेद्वारको मनोनयन दर्ता गर्दैछ ।

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - २२:२१:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology