Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

जनताको सेवक भएर काम गर्छु : वडाध्यक्ष उम्मेद्वार गुरुङ 

जनताको सेवक भएर काम गर्छु : वडाध्यक्ष उम्मेद्वार गुरुङ 

इच्छाकामना न्युज

१५, बैशाख २०७९
जनताको सेवक भएर काम गर्छु : वडाध्यक्ष उम्मेद्वार गुरुङ 
images

जलविरे, १५ बैशाख । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना वडा नम्बर ६ का वडाध्यक्ष उम्मेद्वार विराज गुरुङले जनताको सेवक भएर काम गर्ने बताएका छन् । सत्ता गठबन्धनबाट उम्मेद्वारी दिएका कांग्रेसका यूवा नेता गुरुङले समग्र वडाकोे विकास गर्दै जनताको सेवा गर्ने अवसर यहाँको जनताहरुले प्रदान गर्नेमा विश्वास व्यक्त गर्दै सेवक बनेर काम गर्ने बताएका हुन् ।

images
images

उनले यहाँको जनताको सेवामा निरन्तर लागिरहेकोले एक पटक वडाध्यक्षमा विजयी गराई थप काम गर्ने अवसर दिनेमा विश्वास व्यक्त गरे। घरदैलोमा रहेका गुरुङले यस पटक आफुलाई मतदान गरि विजयी गराउने आश्वासन पाएको बताए।

निर्वाचित भइसकेपछि यहाँको जनताको आवश्यकता र चाहना अनुसार काम गर्ने बताए।

 

images
प्रकाशित मिति :बैशाख १५, २०७९ बिहिवार - २०:२०:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology