देवघाट, २७ वैशाख । तनहुँको देवघाटमा सोमबार नेकपा एमालेको बृहत र्याली प्रदर्शनी भएको छ ।
स्थानीय तहको निर्वाचन नजिकै आइपुग्दा नेकपा एमाले देवघाट गाउँपालिकाको पाँचै वडामा आज वृहत् र्याली प्रदर्शनी भएको हो ।अरू वडाको तुलना गर्दा देवघाट वडा नम्बर ५ मा भने सबैभन्दा ठुलो भव्य र्याली प्रदर्शनी भएको हो ।

२३६ वटा मोटरसाइकल, १७ वटा अटो सानो कार गरेर ८०० को हाराहारीमा देवघाट वासीहरूको र्यालीमा सहभागिता रहेको राष्ट्रिय युवा सँघ देवघाट वडा नम्बर ५ का अध्यक्ष शेरवहादुर गुरूङले बताए ।

वृहत् र्याली सँगै चोकचोकमा कोणसभा गर्दै देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष उम्मेदवार शिवराज पौडेलले कोणसभामा बोल्दै "हामी विकास र समृद्विको नेकपा एमाले हौँ" हामीलाई विश्वासीलो भोट दिनुस् हामीलाई मतदान गर्नुस् हामीले सु-शासन र विकासको अभियानलाई अगाडि बढाउछौँ भने । सो बृहत र्याली सँगै चुनावी प्रचारप्रसारमा राष्ट्रिय युवा सँघ देवघाटका युवाहरूको ठुलो उपस्थिति थियोे ।