Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मंसिर २५ र २६ गते देवघाटमा कृषि तथा पशु प्रदर्शनी कार्यक्रम हुने

मंसिर २५ र २६ गते देवघाटमा कृषि तथा पशु प्रदर्शनी कार्यक्रम हुने

आशिक राना

२२, मंसिर २०७७
मंसिर २५ र २६ गते देवघाटमा कृषि तथा पशु प्रदर्शनी कार्यक्रम हुने

देवघाट, २२ मंसिर । तनहुँको देवघाटमा दुई दिने कृषि तथा पशु प्रदर्शनी कार्यक्रम २०७७ आयोजना हुने भएको छ। कृषि तथा पशुपालन गर्ने किसानलाई प्रत्साहन गर्ने उद्देश्यका साथ देवघाट गाउँपालिकाको आयोजनामा यहि मंसिर २५ र २६ गते दुई दिने  कृषि तथा पशु प्रदर्शनी कार्यक्रम २०७७ आयोजना हुने भएको हो। 
कार्यक्रमको समुद्घाटनका लागि गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापा आउनुहुने गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले जानकारी दिनुभयो। कार्यक्रममा स्थानीय किसानहरुले उत्पादन गरेका कृषि जन्य एवं पशुपंक्षी जन्य उत्पादनको प्रदर्शनी गरिने पनि उहाँले बताउनुभयो।
यस्तै कार्यक्रमकै अवसरमा गाउँपालिका भित्रका माध्यामिक विद्यालयमा कक्षा ९ र १० अध्ययनरत विद्यार्थी बिच  ‘समृद्ध नेपालका लागि दिगो कृषि’ विषयमा गाउँपालिका स्तरीय निबन्ध लेखन प्रतियोगिता समेत सञ्चालन हुदैछ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः नगद ३ हजार, २ हजार, १ हजार, ५ सय र सम्मानपत्रले सम्मानित गरिनेछ।

images

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - २०:००:५७ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology