आँबुखैरेनी, ३० वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकामा १०३ वर्षीया वृद्वाले मतदान गरेकी छिन् । आँबुखैरेनी १ निवासी १०३ वर्षीया वृद्वा मनकुमारी लामिछानेले परिवारको सहारामा आज भएको स्थानीय तह निर्वाचनमा मतदान गरेकी हुन् ।
उनले मित्रता मावि सत्रसयको ‘ख’ केन्द्रबाट पहिलो मतदान गरेकी हुन्।
यस्तै आँबुखैरेनी ४ स्थित अन्नपूर्ण मतदान केन्द्र बेनिटारबाट पनि १०१ वर्षीय वृद्व छबि बहादुर थापाले मतदान गरेको मतदान अधिकृत जीवनाथ पौडेलले जानकारी दिए।