आँबुखैरेनी, ३१ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाको प्रारम्भिक मत गणनामा नेकपा माओवादी केन्द्रले निरन्तर अग्रता लिएको छ । ३०० मत गन्दासम्म पनि माओवादीले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत सबै पदमा दोब्बरले अग्रता कायमै राखेको हो।
अध्यक्षमा माओवादी केन्द्रका शुक्र चुमानले १४८, काँग्रेसका गिर बहादुर थापाले ६८, एमालेका ऋषि के.सी.ले ४६, राप्रपाका रेजिना श्रेष्ठले ९ र विवेकशिल साझाका उत्सव अधिकारीले २ मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका काजीकुमार गुरुङले १ मत पाएका छन्।
उपाध्यक्षमा माओवादी केन्द्रका दुर्गा अर्यालले १११, काँग्रेसका पवित्रा गौलीले ६५, एमालेका मीना अधिकारीले ८१, राप्रपाका इम बहादुर के.सी.ले १० मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका सोम माया खवासले १ मत पाएका छन्।
वडाध्यक्षमा माओवादी केन्द्रका प्रेम बहादुर गुरुङले १४५, काँग्रेसका किसान थापाले ६८, एमालेका खिल बहादुर रानाले ५० र राप्रपाका जनकराज सेंढाईले १० मत पाएका छन् भने मंगोल नेशनल अर्गनाईजेशनका भक्त बहादुर रानाले २ मत पाएका छन्।