अविनाश आचार्य, काठमाडौँ, ५ जेठ । सरकारले आउँदो आर्थिक वर्षको लागि अनुमानित १७खर्बको बजेट ल्याउदै छ । बजेटका प्राथमिकता निर्धारण भइसकेका छन्, नीति तथा कार्यक्रम अन्तिम चरणमा छ । अर्थमन्त्री जनार्दन शर्माले दबाबपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार हुने गरि बजेट ल्याउने बताइसक्नुभएको छ ।
साना किसानले भनेबजेटमा कृषि क्षेत्र पनि समेट्न माग गरेका छन् । चालु आर्थिक वर्षको लागि कृषि तथा पशुपन्छी तर्फ ४५ अर्व नौ करोडको बजेट बिनियोजन भएको थियो । यसपटक भने ४२ अर्वको सिलिङ तोकिएको छ । जसबाट कृषि उत्पादन र कृषि मार्र्फत हुने स्वरोजगारी दुबैलाइ बढाउने योजना सरकारको छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । त्यसमध्ये २१ प्रतिशत भूभागमा खेती गरिँदैन ।
बाँझो रहेको जमिन उपयोग गर्दै कृषि उत्पादन बढाउने गरि बजेट बिनियोजन गर्नुपर्ने सुझाब नागरिकहरूको छ । विज्ञहरूका अनुसार सम्पूर्ण खेती योग्य जमिनमा खेती भएपनि नेपालको उत्पादनले ३० प्रतिशत जनसंख्यालाइ मात्रै धान्छ । त्यसैले अब हावापानी र माटो अनुसारको खेती गरि उत्पादन बढाउने किसिमको प्रविधि भित्¥याउने गरि बजेट बिनियोजन गर्नुपर्छ ।
व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा दुई खर्ब ५१ अर्ब १२ करोड रूपैंयाको खाद्यान्न मात्रै आयात भएको छ । आयात घटाउने उत्पादन बढाउने तथा उत्पादित कृषि उपजलाइ बजारिकरण गर्ने गरि बजेट आउनुपर्ने पर्साका रामकुमार सिलवालको अपेक्षा छ । नेपालमा हाल करिब ६५ प्रतिशत नागरिक कृषिमा आवद्व छन् ।
त्यसमध्ये २५ प्रतिशत मात्रै व्यवासायिक कृषि पेशामा छन् । युवाहरूको सहभागिता बढाउन कृषिमा अनुदानको व्यवस्था गर्ने तथा साना किसानलाइ थप व्यावसायिक बनाउने गरि बजेट ल्याउनुपर्ने राष्ट्रिय किसान महासंघका उपाध्यक्ष यानुकुमारी गौतमको सुझाव छ । कषि बिकास मन्त्रालयले यसपटकको नीति तथा कार्यक्रममा कृषि उत्पादन बढाउने, आयात रोक्ने तथा निर्यात बढाउने बिषयलाइ प्राथमिकतामा राखेको छ ।
यसकै आधारमा अब बजेट बिनियोजन हुने छ । कृषि बिकास मन्त्रालयले आगामी बर्षको लागि लगभग ४२ अर्बको सिलिङ तोकेको सचिव गोविन्दप्रसाद शर्माले सीआइएनसँग बताउनुभयो । सरकार दबाबमा रहेको अर्थतन्त्र उकास्न सहयोग पुग्ने गरि बजेटको प्राथमिकता निर्धारण गर्दै छ भने किसान कृषि सामग्रीको सहज उपलब्धता र बजारिकरण सहज हुने गरि बजेट आउने पखाईमा छन् ।