काठमाण्डौं, १६ असोज
नेपालमा शक्रबार एकै दिन २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि छ। १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। योसहित कुल सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ।
त्यस्तै गएको २४ घण्टामा ३ हजार ३ सय सात जना निको भएर फर्किएका छन्। योसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६० हजार ६ सय ९६ पुगेको छ।
हाल नेपालमा २१ हजार २ सय ३४ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् भने चार हजार आठ सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा ११ जना कोरोना संक्रमितको ज्यान गएको छ। योसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय २० पुगेको मन्त्रालयले जनाएको छ।
आज निको भएर घर फर्कनेको संख्या र सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या अहिलेसम्मकै धेरै हो।