आँबुखैरेनी, ११ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको विभिन्न वडाहरुमा राष्ट्रिय परिचय पत्र दर्ता शिविर सुरु भएको छ । गाउँपालिकाको सबै वडामा आजदेखि राष्ट्रिय परिचय पत्र दर्ताको शिविर सुरु भएको हो।
जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजना र आँबुखैरेनी गाउँपालिकाको समन्वयमा शिविर संचालन भइरहेको गाउँपालिकाले जनाएको छ।