Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामना २ का गाउँहरुमा असिना पानीले मकै र तरकालीबाली क्षति पुर्‍यायो, किसान चिन्तित

इच्छाकामना २ का गाउँहरुमा असिना पानीले मकै र तरकालीबाली क्षति पुर्‍यायो, किसान चिन्तित

रासस

१२, जेठ २०७९
इच्छाकामना २ का गाउँहरुमा असिना पानीले मकै र तरकालीबाली क्षति पुर्‍यायो, किसान चिन्तित

हीरालाल गुरुङ, कुरिनटार,१२ जेठ। चितवनको इच्छाकामना गाउँपालिका २ मा असिना पानीले मकै र तरकारी बालीमा क्षती पु¥याएको छ । बुधबार आएको असिना पानीले वडा नम्बर २ को मायाटार, दुम्की लगायतका गाउँका किसानहरुले लगाएको बालीमा क्षती पु¥याएको हो ।

images

बेच्ने बेला भएको तकारी बाली असिना पानीले कामै नलाग्ने गरि नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन् । मायाटारका राज बहादुर प्रजाले आफ्नो बारीमा लगाएको रु एक लाख ५० हजार बढी मुल्य बराबरको तरकारी बाली नष्ट भएको बताउनुभयो । एकदिन अघि मात्र केही काक्रो बेच्न भ्याएका प्रजाले धेरै जसो बाँकी रहेको काक्रो असिना पानीले नष्ट गरिदिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, हिजो मात्र केही बेचे धेरै जसो काक्रो बेच्न बाँकी नै थियो, सबै नष्ट भयो, बेच्ने बेला भएको काक्रो,बोडी, सिमी र खुर्शानी गरि रु एक लाख ५० हजार बढी मुल्य बराबरको तरकारी बाली नष्ट भएको छ ।

प्रजाका अनुसार मायाटार र दुम्किम गाउँमा रहेका २५ भन्दा बढी परिवारले तरकारी खेती गरेका छन् । तरकारी खेतीबाट जिवन निर्वाह गर्दै आएका किसानहरु चिन्तित बनेका छन् ।

असिना पानीले मकै बाली पनि नष्ट गरेपछि चाडैँ अनिकाल लाग्ने समेत प्रजाले बताउनुभयो । राम्रोसंग मकै बाली भित्र्याएको बर्ष ६ महिना सम्म खान पुग्ने उहाँको भनाई छ । प्रजाले भन्नुभयो, “राम्रोसंग मकै खेती हुदाँ ६ महिना सम्म खान पुग्थ्यो तर यो पटक चाडैँ अनिकाल लाग्ने भयो, घोका लागेको धेरै जसो मकै नष्ट भएको छ, दुई महिनामै अनिकाल लाग्ने भएको छ। ”

गाउँपालिकाका कृषि शाखाका प्रमुख आनन्दराज घिमिरेले अहिले सम्म गाउँपालिकाभरका किसनाहरुले लगाएको तरकारी र मकैबालीमा असिना पानीले कती क्षती पु¥याएको छ भन्ने एकिन तथ्याङ्क आइनसकेको बताउनुभयो । अहिले कहाँ कती क्षती भयो किसानहरुसंग सम्पर्क गर्ने काम भइरहेको बताउनुभयो ।

यसैबिच उहाँले किसानहरुले तरकारी बालीको बिमा गर्न रुचि नदेखाउदाँ समस्यामा परेको बताउनुभयो । गाउँपालिकाले बजेटको व्यवस्था गर्दा पनि बिमा गर्न रुचि नदेखाएको उहाँको भनाई छ । तरकारी बालीका लागि प्रक्रिया झझन्टिलो हुदाँ बिमा गर्न किसान र बिमा कम्पनीले नै चासो नदेखाएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,“ हामीले अभियान नै चलायौँ, गत बर्ष गाउँपालिकाले नै केही बजेटको व्यवस्था पनि गरेका थिए, बिमा गर्ने भनिएका सम्बन्धित बिमा कम्पनी नै आएनन् ,तरकारी बालीको बिमा गर्न पशुमा जस्तो सजिलो छैन, त्यस कारणले किसान र बिमा कम्पनीले चासो देखाएका छैनन् ।”

तरकारी बालीको बिमा नहुदाँ गाउँपालिकाले आन्तरिक श्रोतबाट केही क्षती पुर्ती दिन सक्ने विकल्प मात्र रहेको उहाँको भनाई छ ।

चितवनको इच्छाकामना गाउँपालिकाको अधिकांश किसानहरु तरकारी र मकै खेतीमा निर्भर छन् ।

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - १६:००:२३ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology