Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबास व्यवस्थापनका लागि आयोग र इच्छाकामना गाउँपालिका बिच सम्झौता पत्रमा हस्ताक्षर

भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबास व्यवस्थापनका लागि आयोग र इच्छाकामना गाउँपालिका बिच सम्झौता पत्रमा हस्ताक्षर

इच्छाकामना न्युज

२५, मंसिर २०७७
भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबास व्यवस्थापनका लागि आयोग र इच्छाकामना गाउँपालिका बिच सम्झौता पत्रमा हस्ताक्षर

चितवन, २५ मंसिर । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबास व्यवस्थापनका लागि चितवनको इच्छाकामना गाउँपालिका र भुमि सम्वन्धी समस्या समाधान आयाेग बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ। गाउँपालिका भित्र भएका भूमिहिन दलित, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसाेबासलाई व्यवस्थापन गर्ने सम्बन्धमा आयोग र गाउँपालिका बिच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो। गाउँपालिकाका अध्यक्ष गिताकुमारी गुरूङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठकाे उपस्थितिमा भुमि सम्वन्धी समस्या समाधान आयाेगका उपसचिव वसन्त प्रसाद पन्थी र ईच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेब लम्सालका बीच समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे। यो समझदारी सँगै गाउँपालिकामा रहेका करिब २३ सय हाराहारीका भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेबासकाे व्यवस्थापन हुने कार्य अघि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनुभयो।

images

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - १८:५६:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology