Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेकपा स्थायी कमिटी बैठक आज बस्दै 

नेकपा स्थायी कमिटी बैठक आज बस्दै 

इच्छाकामना न्युज

२८, मंसिर २०७७
नेकपा स्थायी कमिटी बैठक आज बस्दै 

काठमाण्डौ, २८ मंसिर । सत्तारूढ नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ। दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो। 
गत सातादेखि सुरु भएको बैठकमा आज अध्यक्ष एवं प्रधानमन्त्री केपीशर्मा ओली पनि सहभागी हुने महासचिव विष्णु पौडेलले जानकारी दिनुभयो। यही मंसिर २१ माधुम्बाराहीमै बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली पत्र पठाएर अनुपस्थित हुनुभएको थियो। त्यसयता सहमति खोज्नका लागि शीर्ष तहमा अनौपचारिक छलफल गरिने नेताहरूले बताए पनि यो एक सातामा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड बीच कुनै सहमति भएन । यद्यपी एक्लाएक्लै उहाँहरू बीच भेटवार्ता भएको थियो। 
नेकपाका नेता शङ्कर पोखरेलले हिजो प्रचण्डसँग भेटेर अध्यक्ष ओलीको सन्देश पु¥याउनुभएको थियो। आज बस्ने स्थायी कमिटी बैठकमा कुनै ठोस एजेण्डा माथि छलफल गर्ने कार्यसूची नै नबनेको नेताहरूको भनाइ छ। स्थायी कमिटीमा अध्यक्ष केपी ओली र प्रचण्डका दुईवटा प्रस्ताव र विभिन्न चिठीपत्र प्रस्तुत भएका छन्। स्थायी कमिटी सदस्यलाई तीपत्र पढेर आउन भनिएकाले आजदेखि नेताहरूले बैठकमा बोल्ने क्रम सुरु हुने अनुमान गरिएको छ।

images

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - ०९:२६:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology