Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

महामारीलाई प्रगतिको बाधक बन्न दिन हुदैनः राष्ट्रपति भण्डारी

महामारीलाई प्रगतिको बाधक बन्न दिन हुदैनः राष्ट्रपति भण्डारी

इच्छाकामना न्युज

१६, आश्विन २०७७
महामारीलाई प्रगतिको बाधक बन्न दिन हुदैनः राष्ट्रपति भण्डारी

काठमाण्डौ– राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेको कोभिड–१९ महामारीलाई प्रगतिको बाधक बन्न दिन नहुने बताउनुभएको छ । महिलासम्बन्धी चौथो विश्व सम्मेलनको पच्चीसौं वार्षिकोत्सव बेइजिङ –२५ को अवसरमा आयोजित उच्चस्तरीय बैठकमा आज भर्चुअल माध्यमबाट नेपालका तर्फबाट सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।  
संयुक्त राष्ट्र संघ यूएनको ७५ औं महासभाको अवसरमा न्युर्योकबाट सञ्चालन भएको कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले असमानताको जोखिमलाई अझ बढाएको धारणा राख्नुभयो । न्युर्योकस्थित यूएनका लागि नेपालको स्थायी नियोगद्वारा जारी विज्ञप्ति अनुसार राष्ट्रपति भण्डारीले समयमै स्वास्थ्य स्याहार, खोपमा समान पहुँच एवम महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुनर्लाभका योजना जरूरी रहेको औंल्याउनुभएको छ ।  
सो उच्चस्तरीय सम्मेलनको मूल नारा ‘सबै महिला, किशोरी तथा बालिकाहरूलाई सशक्त बनाई लैङ्गिक समानताको गति तीव्र बनाऔं’रहेको थियो ।

images

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १८:३५:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology