Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आगामी आर्थिक वर्षको लागि देवघाट गाउँपालिकाको बजेट ५२ करोड ६ लाख

आगामी आर्थिक वर्षको लागि देवघाट गाउँपालिकाको बजेट ५२ करोड ६ लाख

इच्छाकामना न्युज

११, आषाढ २०७९
आगामी आर्थिक वर्षको लागि देवघाट गाउँपालिकाको बजेट ५२ करोड ६ लाख

देवघाट, ११ असार । देवघाट गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५२ करोड ६ लाख ६४ हजार रूपैयाँबराबरको बजेट ल्याएको छ । शुक्रबार सम्पन्न गाउँसभाबाट पालिकाभित्रको विकासका लागि विभिन्न शीर्षकमा उक्त बजेट ल्याएको हो ।

images

गाउँपालिकाले आउँदो आर्थिक वर्षका लागि कृषि तथा पशुपक्षी, शिक्षा तथा स्वास्थ्य, भौतिक पूर्वाधार तथा वातावरण तथा विपद् व्यवस्थापनको क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

चालू खर्चतर्फ ३३ करोड ४० लाख तीन हजार रूपैयाँ र पुँजीतर्फ १८ करोड ६६ लाख ६१ हजार रूपैयाँ बजेट अनुमान गरिएको गाउँपालिका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए ।

गाउँपालिकाभित्रको आर्थिक विकासका लागि कृषितर्फ अदुवा तथा बेसारको खेती विस्तार गरी उत्पादन तथा बजारीकरणको व्यवस्था मिलाउने, माटोको गुणस्तर परीक्षण गर्न घुम्ती शिविर, कृषिमा आवश्यक यन्त्र–उपकरणको व्यवस्थापन, मल तथा बीउको व्यवस्था आदिलाई प्राथमिकतामा राखिएको छ ।

यस्तै, पशुपक्षीको उपचारका लागि औषधि उपचारको व्यवस्था, बाख्राको खोर सुधार गरेर बाख्रापालनको पकेट क्षेत्र स्थापित गराउने, पशुपालक कृषकको क्षमता विकासका लागि तालिम तथा लोकल कुखुरा प्रवद्र्धन गर्नका लागि पनि बजेटले प्राथमिकता पाएको छ । दुग्ध क्षेत्रमा पनि लगानी बढाउन गाउँपालिकाले बजेट छुट्टयाएको छ ।

सामाजिक क्षेत्रतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइका साथै धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षण तथा संवद्र्धनसँगै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद र मनोरञ्जनजस्ता सामाजिक पक्षको विकासतर्फ पनि गाउँपालिकाको बजेटले प्राथमिकता पाएको छ । त्यसका लागिमात्रै २३ करोड ८५ हजार रूपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको छ ।

बजेटले ज्येष्ठ नागरिकको हितलाई समेत ध्यानमा राखेर काम गर्ने योजना बनाएको छ । वडागत खेलकुद, विद्यालय सुधार तथा शिक्षक प्रोत्साहन, उत्कृष्ट विद्यालय तथा शिक्षकलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रमले पनि प्राथमिकता पाएको छ । पर्यटन क्षेत्रका लागि छरछरे झरना, घण्टाचुली डाँडोलगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गर्ने योजना अघि सारिएको गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरूङले जानकारी दिए ।

विगतको अधुरा काम पनि पूरा गर्ने गरी नयाँ बजेट प्रस्तुत गरिएको उनले बताए । एक–दुई दिनमा उक्त बजेटमाथि छलफल हुने उपाध्यक्ष गुरूङले जानकारी दिए । साथै, शुक्रबार नै गाउँपालिकाको गाउँसभाबाट विभिन्न विधेयकसमेत पारित भएको छ ।

images
प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - ११:५१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology