Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देशभर रासायनिक मलको अभाव, धान रोपाइमा समस्या 

देशभर रासायनिक मलको अभाव, धान रोपाइमा समस्या 

इच्छाकामना न्युज

१३, आषाढ २०७९
देशभर रासायनिक मलको अभाव, धान रोपाइमा समस्या 

रेनुका चौधरी, नवलपरासी/श्याम सर्राफ, वीरगन्ज, १३ असार । देशभर रासायनिक मलको अभाव देखिएको छ । मल अभावको कारण उत्पादन घट्ने चिन्ता देशभरका किसानमा रहेको छ ।  

images

धान उत्पादनको मुख्य क्षेत्र तराईमा मल अभावका कारण धान रोपाईंको कामसुरू हुन सकेको छैन । मध्य असार भइसक्दा समेत तराईका जिल्लाको मुख्य खेतीधान रोपाईंको काम हुन नसकेको हो ।

पर्सामा पनि यसपटक मल अभावका कारण धान उत्पादन घट्न सक्नेभन्दै किसानहरू चिन्तामा छन् । धानका बिरुवा रोप्ने खालका भइसकेका छन् । तर किसानहरूको अनुहारमा उत्साह छैन । मल अभावमा सरकारले चासो नदेखाएको उनीहरूको गूनासो छ । 

यस्तै नवलपरासीमा समेत मल अभाव भएपछि किसानहरू चिन्तित बनेका छन् । रामग्राम नगरपालिका वडा नम्बर १० मन्झरियाका जोग कुमारी चौधरीले हरेक वर्ष मलकै कारण वर्षभरी खाने धानको उत्पादन कम हुने होकि भन्ने चिन्ता लागेको बताउनुभयो । 

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - ०९:५१:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology