Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आगामी निर्वाचनमा कैदीबन्दीलाई पनि समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न सर्बोच्चको अन्तरिम आदेश 

आगामी निर्वाचनमा कैदीबन्दीलाई पनि समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न सर्बोच्चको अन्तरिम आदेश 

इच्छाकामना न्युज

१३, आषाढ २०७९
आगामी निर्वाचनमा कैदीबन्दीलाई पनि समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न सर्बोच्चको अन्तरिम आदेश 
images

काठमाण्डौ, १३ असार । आगामी प्रतिनिधिसभा निर्वाचनमासमानुपातिकतर्फ बाट कैदीबन्दीलाई पनि मत हाल्ने व्यवस्था गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । काठमाडौं स्कुल अफ ल का विद्यार्थीद्वय प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश दिएको हो । उनीहरूले कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै रिट दायर गरेका थिए ।

images
images

लोकतन्त्रसँग जोडिएको गम्भिर सार्वजनिक विषयमा तत्काल केही नगरे नेपाली जनताले संघर्षबाट प्राप्त लोकतन्त्र नै अर्थहिन भई अपूरणीय क्षति हुने दाबीसहित आफूहरुले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कैदीबन्दीको मताधिकार सुनिश्चित गर्न, मतदाता नामावलीमा उनीहरुको नाम समावेश गर्न र उनीहरूको बालिग मताधिकार प्रयोग गर्नका लागि आवश्यक सबै उपयुक्त व्यवस्था मिलाउन रिट दायर गरेको उनीहरूको भनाइ छ ।

images
प्रकाशित मिति :आषाढ १३, २०७९ सोमवार - १९:२६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology