मुग्लिन,१ पुस । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको ऑबुखैरेनी– ४ पुलजीपमा आज ट्रक पल्टिदा एक जना घाइते भएका छन् ।
ऑबुखैरेनीबाट मुग्लिन आउँदै गरेको लु १ ख ७४३२ नम्बरको ट्रक सडकबाट अनियन्त्रित भइ पल्टिदा सहचालक कपिलवस्तु घर बताउने २२ वर्षीय सोनाम सुनार घाइते भएका हुन् ।
घाइतेको मुग्लिन हाइवे अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।