Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाट विशेष

देवघाट गाउँपालिकाले बोटे, बराम र चेपाङ जातिको निःशुल्क स्वास्थ्य बिमा गर्ने

देवघाट गाउँपालिकाले बोटे, बराम र चेपाङ जातिको निःशुल्क स्वास्थ्य बिमा गर्ने

इच्छाकामना न्युज

१८, आषाढ २०७९
देवघाट गाउँपालिकाले बोटे, बराम र चेपाङ जातिको निःशुल्क स्वास्थ्य बिमा गर्ने

देवघाट, १८ असार । तनहुँको देवघाट गाउँपालिकाले गाउँपालिका भित्र रहेका अल्पसंख्यक जातिमध्य बोटे, बराम र चेपाङलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको निति, कार्यक्रम तथा बजेटमा समेट्दै ‘अल्पसंख्यकलाई निःशुल्क स्वास्थ्य बिमा’ कार्यक्रम संचालन गरि बोटे, बराम र चेपाङलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो।

images

यसको लागी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० मा ३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले जानकारी दिए। यस्तै सिमान्तकृत तथा आर्थिक सामाजिक रुपले पछाडी परेको भूजेल जाती समेतको आय आर्जन वृद्विको लागि समेत गाउँपालिकाले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए।

images
प्रकाशित मिति :आषाढ १८, २०७९ शनिवार - १८:५२:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology