Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

राजनिति

एमाले तनहुँद्वारा सबै पालिकामा इन्चार्ज, सहइन्चार्ज तोकियो, आँबुखैरेनीको इन्चार्जमा दुर्गबहादुर थापा र सह–इन्चार्जमा सन्त बहादुर के.सी. 

एमाले तनहुँद्वारा सबै पालिकामा इन्चार्ज, सहइन्चार्ज तोकियो, आँबुखैरेनीको इन्चार्जमा दुर्गबहादुर थापा र सह–इन्चार्जमा सन्त बहादुर के.सी. 

आँबुखैरेनीका इन्द्रमान परियारलाई देवघाट इन्चार्जको जिम्मेवारी

इच्छाकामना न्युज

१९, आषाढ २०७९
एमाले तनहुँद्वारा सबै पालिकामा इन्चार्ज, सहइन्चार्ज तोकियो, आँबुखैरेनीको इन्चार्जमा दुर्गबहादुर थापा र सह–इन्चार्जमा सन्त बहादुर के.सी. 

तनहुँ, १९ असार । नेकपा एमाले तनहुँले जिल्लाका सबै पालिकामा इन्चार्ज, सहइन्चार्ज र विभिन्न विभागमा जिम्मेवारी बाँडफाँट गरेको छ । हालै बसेको जिल्ला कमिटीको पूर्ण बैठकले दशवटै पालिकामा इन्चार्ज, सहइन्चार्ज र विभिन्न विभागमा जिम्मेवारी बाँडफाँट गरेको हो ।

images

जस अनुसार आँबुखैरेनी गाउँपालिकाको इन्चार्जमा दुर्ग बहादुर थापा र सहइन्चार्जमा सन्त बहादुर के.सी.लाई चयन गरेको छ भने देवघाट गाउँपालिकाको इन्चार्जमा इन्द्रमान परियार र सह–इन्चार्जमा बाबुराम अधिकारीलाई जिम्मेवारी दिएको छ । 

यस्तै व्यास नगरपालिकाको इन्चार्जमा हरिराज कंडेल र सहइन्चार्जमा रामजी लौडारी, शुक्लागण्डकी नगरपालिकाको इन्चार्जमा राजेश्वर ढकाल र सहइन्चार्जमा फूलमाया वाग्ले, भानु नगरपालिकाको इन्चार्जमा प्रदीपराज अधिकारी र सहइन्चार्जमा सीताराम सुर्खाली, भीमाद नगरपालिकाको इन्चार्जमा खिम कुमाल र सहइन्चार्जमा धनन्जय गैह्रे चयन भएका छन् ।

म्याग्दे गाउँपालिकाको इन्चार्जमा देवलाल खनाल र सहइन्चार्जमा रत्नादेवी घिमिरे, घिरिङ गाउँपालिकाको इन्चार्जमा मेखबहादुर थापा र सहइन्चार्जमा रनबहादुर राना, बन्दीपुर गाउँपालिकाको इन्चार्जमा शङ्कर रानाभाट र सहइन्चार्जमा गोविन्द अधिकारी, ऋषिङ गाउँपालिकाको इन्चार्जमा इन्द्रबहादुर थापा र सहइन्चार्जमा प्रेम रानाभाट चयन भएका छन् ।

सङ्गठन विभाग प्रमुखमा श्रीप्रसाद श्रेष्ठ, अर्थ तथा योजनामा हरिराज कंडेल, पार्टी स्कूल विभागमा राजेश्वर ढकाल, प्रचार प्रकाशनमा प्रदीपराज अधिकारी, वाणिज्य तथा आपूर्तिमा बाबुराम सुनार, उपभोक्ता हित संरक्षणमा शारदा खनाल, कानूनमा सीताराम सुर्खाली, भूमि व्यवस्था विभागमा भगवती देउजा, युवा तथा खेलकुदमा बाबुराम अधिकारी, वन तथा वातावरणमा रत्नादेवी घिमिरे, विपद् व्यवस्थापन स्वयंसेवकमा भूपेन्द्र कोइराला, शिक्षा तथा मानवस्रोतमा भीमबहादुर विक, श्रम तथा रोजगारमा शङ्कर रानाभाट चयन भएका छन् ।

संसदीय विभाग प्रमुखमा दुर्गबहादुर थापा, सामाजिक सेवामा कलाकुमारी ढकाल, सहकारी तथा गरिवी निवारणमा इन्द्र थापा, साहित्य कला तथा सांस्कृतिकमा दयाराम पौडेल, स्थानीय विकास विभागमा मेखबहादुर थापा, स्वास्थ्य तथा जनसङ्ख्यामा धनन्जय गैह्रे, सामाजिक सुरक्षामा प्रेम रानाभाट, निर्वाचनमा निर्मल पण्डित, पुस्तकालय तथा अभिलेखमा देवलाल खनाल, खानेपानीमा प्रभा श्रेष्ठ, कृषि तथा पशुपंक्षीमा फूलमाया वाग्ले, उर्जा स्रोत तथा सिचाइमा इन्द्रमान परियार र भौतिक पूर्वाधार तथा यातायातमा रामजी लौडारी चयन हुनुभएको छ ।

 

images
प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ०७:५३:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology