Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

सर्वोच्चले दुई वर्षभित्र पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने 

सर्वोच्चले दुई वर्षभित्र पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने 

इच्छाकामना न्युज

२६, आषाढ २०७९
सर्वोच्चले दुई वर्षभित्र पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्ने 
images

काठमाण्डौ, २६ असार । सर्वोच्च अदालतले विचाराधीन मुद्दाको सङ्ख्या घटाउन विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना अघि सारेको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठ संयोजकत्वको अध्ययन समितिले दिएको प्रतिवेदनमा आगामी दुई आर्थिक वर्षभित्र पाँच वर्ष पुराना मुद्दा शून्यमा झार्न छुट्टै फाँट र दैनिक चारवटा इजलासमा सुनुवाइ गर्नुपर्ने उल्लेख छ ।

images
images

शुक्रबारका लागि दुईवटा पेशी सूची निकालेर पहिलो नियमित समयमा नियमित तर्फका र बाँकी अवधिमा पुराना मुद्दाको सुनुवाइ गर्न उपयुक्त हुने पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्य योजना, २०७९ मा उल्लेख छ।कार्ययोजनामा बिहान ११ः०० बजे इजलास बस्ने र पूरा समय काम गर्ने र न्यायाधीशहरूको उपस्थितिलाई पनि नियमित बनाउने उल्लेख छ।

हाल इजलास ढिलो लाग्ने र खाजा समयपछि सुनुवाइ नहुने समस्या छ । कार्ययोजनालाई फुलकोर्टले पारित गरिसकेकोले साउन १ गतेदेखि नै कार्यान्वयन हुने प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

सर्वोच्चमा हाल ३० हजारभन्दा बढी मुद्दा विचाराधीन अवस्थामा छन्। असार मसान्तसम्म पाँच वर्ष पुराना मुद्दा पाँच हजारएक सय ६८ पुगेको छ भने दुई वर्ष नाघेका मुद्दा १७ हजार दुई सय ४६ रहेको छ।

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - २१:०१:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology