आँबुखैरेनी १६ असोज । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ मा वडा स्तरीय सडक सरसफाई उपभोक्ता समिति गठन गरिएको छ। वडा कार्यालयमा आज भएको एक भेलाले तरुण दल आँबुखैरेनीका अध्यक्ष समेत रहेका विजय गुरुङको अध्यक्षतामा ७ सदस्यीय उपभोक्ता समिति गठन गरिएको हो।
समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा सरोज गुरुङ, सचिवमा श्रीमान थाप मगर ,कोषाध्यक्षमा मञ्जु गुरुङ चयन भएका छन्।त्यस्तै सदस्यहरुमा देवनारायण खवास, इन्द्रबहादुर थापा र भरिमाया गुरुङ चयन भएका छन्।