Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटमा बोलबम मेला सुरु, पहिलो दिनमा नै २५ हजार बढी दर्शनार्थी पुगे

देवघाटमा बोलबम मेला सुरु, पहिलो दिनमा नै २५ हजार बढी दर्शनार्थी पुगे

इच्छाकामना न्युज

२, श्रावण २०७९
देवघाटमा बोलबम मेला सुरु, पहिलो दिनमा नै २५ हजार बढी दर्शनार्थी पुगे

चितवन, २ साउन । देवघाटमा बोलबम मेला सुरु भएको छ । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले गरेको बोलबम मेलाको भरतपुर महानगर उपप्रमुख चित्रशेन अधिकारीले देवघाटमा उद्घाटन गरेका हुन् ।

images

कोरोनाका कारण दुई वर्षदेखि रोकिएको मेला यस पटक सुरु भएको छ । देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले देवघाटमा ३० फिट अग्लो अष्टधातुुको भगवान शिवको मूर्ती निर्माण गरिरहेको छ । सो अवसरमा उपप्रमुख अधिकारीले विश्वमै नभएको ३० फिट अग्लो भगवान शिवको मूर्ती निर्माण कार्यको निरीक्षण गरे ।

उनले मूर्तीको निरीक्षणसँगै यसलाई निर्माण कार्य पूरा गर्न आवश्यक आर्थिक सहयोगदेखि अन्य कुरामा समन्वय गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा भरतपुर महानगर वडा नम्वर १ का अध्यक्ष केशव मर्हजन, वडा सदस्य राजु गुरुङलाई कदर पत्रले सम्मान गरिएको थियो । नेपाल सरकारका पूर्वप्रधानन्यायाधीश महन्त दामोदर शर्माको हातबाट सम्मान गरिएको हो । समितिले गुरुयोजना निर्माण गरी करिब छ करोड रुपैयाँको लागतमा देवघाटमा धर्मशाला पार्कसहित निकै आकर्षक भगवान शिवको ३० फिट अग्लो मूर्ती निर्माण थालेको छ । कार्यक्रममा वडा नम्वर १ का वडा अध्यक्ष मर्हजनले आफूले वडाबाट के कति बजेट बिनियोजन गर्न सकिन्छ त्यस तर्फ ध्यान दिने र आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

कार्यक्रममा दाताहरुले आर्थिक सहयोगको घोषणा समेत गरेका थिए । सौराह निवासी गणेशबहादुर रिमाल र पार्वती रिमालले एक लाख एक हजार सहयोग गरेका थिए । त्यस्तै रत्ननगर नगरपालिका–१ निवासी भूतपूर्व सैनिक कर्णबहादुर क्षेत्री र उनकी धर्म पत्नी धनकुमारी पौडेलले ५१ हजार रुपैयाँ नगद सहयोग गरेका थिए । त्यस्तै नरबहादुर क्षेत्रीले पाँच हजार सहयोग गरेका थिए ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेल, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरे, संस्थाका संस्थापक अध्यक्ष राजेन्द्रकुमार पिया, विश्व शान्ति महायज्ञका संरक्षक तथा त्रिभुवन बिश्वविद्यालय सामाजिक कार्य विभाग प्रमुख लक्ष्यमण सुवेदीलगायतले यो राम्रो र पुण्य काम भएकाले यसलाई सफल बनाउन सबै जुट्नुपर्ने बताएका थिए ।

अष्टधातुको शिवको मूर्ती ढलानकोे काम करिब ९० प्रतिशत सकिएको र अब निर्माण स्थलमा काम पूरा भएपछि मूर्ती खडा गर्ने काम बाँकी रहेको समितिका अध्यक्ष ढुण्डिराज सिलवालले बताए । मूर्तीको बाँकी काम गर्नका लागि आर्थिक अभाव भएकाले सबैले जति सकिन्छ सहयोग गरी त्यसलाई पूर्णता बनाउने अभियानमा सहयोग गर्न सिलवालको आग्रह छ ।

चितवन, तनहुँ र नवलपुर जिल्लाको संगमस्थलमा पर्ने पवित्र धार्मिक स्थल देवघाटधाममा आज स्नान गर्न २५ हजार बढी भक्तजनहरु पुगेका छन् । देवघाट क्षेत्र विकास समितिका अनुसार विगतको तुलनामा भक्तजनहरुको संख्यामा वृद्धि भएको छ । कोभिड–१९ संक्रमणका कारण यसअघिका दुई वर्ष औपचारिक रुपमा देवघाटमा बोलबम मेला आयोजना भएको थिएन ।

 
 

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - २१:१५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology