गोरखा
गोरखाको ३ स्थानिय तहमा ५ जना कोरोना संक्रमित थपिएको छन्।
जिल्लाको बारपाक सुलिकोटका २ जना, गोरखा नगरपालिकाका २ जना र आरुघाट गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शनिबार बिहान प्रेस विज्ञप्ती निकालेर जानकारी दिएको छ।
गोरखा नगरपालिका वडा नम्बर १२ को ४९ वर्षिय महिला र ५७ वर्षिय पुरुष, बारपाक सुलिकोट–३ का ३० वर्षिय पुरुष, ३८ वर्षिय महिला र आरुघाट–४ को ४५ वषिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
आरुघाटका पुरुष काठमाण्डौबाट आएका हुन भने अन्य सबैलाई कन्ट्याक्ट ट्रेसिङबाट कोरोना पुष्टि भएको हो।