Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च रहेको सङ्गठनको चेतावनी

नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च रहेको सङ्गठनको चेतावनी

इच्छाकामना न्युज

२१, श्रावण २०७९
नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च रहेको सङ्गठनको चेतावनी

काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएको छ । नेपाल स्थित विश्व स्वास्थ्य सङ्गठनले हिजो काठमाडौंमा पत्रकारहरूसँग अन्तरक्रिया गर्दै नेपाल कोरोनाको चौथो लहर र मङ्किपक्स भाइरसको उच्च जोखिममा रहेको बताएको हो ।

images

सङ्गठनका प्रमुख डा.राजेश सम्भाजीराव पाण्डवले पछिल्लो समय नेपालमा जुन गतिमा कोरोना सङ्क्रमित थपिँदै छन् त्यसले चौथो लहरको जोखिम बढाएको भन्दै सङ्गठनले कोरोना महामारी र मङ्किपक्सको जोखिमलाई नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले दक्षिण पूर्वी एशियामै पहिलोपटक भारतमा मङ्किपक्स भाइरसबाट एकजनाको मृत्यु भएको र सङ्क्रमण पनि बढ्दै गएकाले नेपाल उच्च जोखिममा रहेकाले सोही अनुसारको तयारी भइरहेको बताउनुभयो ।

कार्यक्रममा सङ्गठनका स्वास्थ्य आपताल कार्यक्रममा डा.एलिसन गोकोटानोले विश्वका विभिन्न मुलुकमा देखिएको मङ्किपक्स भाइरसको सङ्क्रमण अधिकांश समलिङ्गी समुदायका रहेको भएपनि यो सबै समुदायका व्यक्तिमा सर्ने भएकाले सङ्गठनले यसलाई विश्व स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको बताउनुभयो । उहाँले हालसम्म विश्वका ४० भन्दा बढी मुलुकमा गरी २४ हजारभन्दा बढीमा मङ्किपक्स भाइरसको सङ्क्रमण देखिएको र पछिल्लो समय भारतमा पनि सङ्क्रमण देखिन थालेकाले नेपालमा जोखिम बढेको हुँदा स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले बढ्दो कोरोनाको जोखिम र मङ्किपक्सको जोखिमलाई ध्यानमा राखेर सरकारले मुख्य १७ नाकामा स्वास्थ्य जाँचलाई कडाइ गरेको बताउनुभयो । उहाँले देशका १६ वटा ठूला सरकारी अस्पताललाई मङ्किपक्सको उपचार गर्ने डेडिकेटेड अस्पताल तोकिएको भन्दै त्यहाँका १६ जना डर्माटोलोजिष्टलाई यसको विज्ञको रुपमा खटाइएको पनि जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - ०८:५८:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology