साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । गयराति भएको खेलमा वेस्ट ह्याम युनाईटेडलाई २–० गोल अन्तरले हराउँदै सिटीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो ।
जितसँगै सिटीले पहिलो खेलमै ३ अङ्क प्राप्त गरेको छ । राति नै भएको अर्को खेलमा लेस्टर सिटी र ब्रेन्टफोर्डले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
लेस्टर र ब्रेन्टफोर्डले २–२ गोलको बराबरी खेल्दै समान एक एक अङ्क बाँडेको हो । हिजै भइको अर्को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलमा युनाइटेड ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो ।