Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

शहिद लखन विशेष

गोरखा नाम्जुङको जनशक्ति माविमा अब सिभिल इन्जिनियररिङ पढाई हुने

गोरखा नाम्जुङको जनशक्ति माविमा अब सिभिल इन्जिनियररिङ पढाई हुने

इच्छाकामना न्युज

२७, श्रावण २०७९
गोरखा नाम्जुङको जनशक्ति माविमा अब सिभिल इन्जिनियररिङ पढाई हुने
images

गोरखा । गाउँमै सिभिल ईन्जिनियरिङ पढाई हुने भएपछि चर्को शुल्क तिरेर पढ्नको लागि शहर धाउनुपर्ने बाध्यता हटेको छ । गोरखाको सहिद लखन गाउँपालिमा वडा नं ९ स्थित नाम्जुङको जनशक्ति माविमा सिभिल ईन्जिनियरिङ पढाई हुने भएको छ ।

images
images

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् टेक्स महाशाखाले विद्यालयलाई सि।टि।ई।भि।टि को सिभिल ईन्जिनियरिङ (तिन बर्षे डिप्लोमा) संचालनको स्वीकृती दिएको हो । यस वर्ष ४८ जनाको कोटाका लागि अनुमती दिएको प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद् टेक्स महाशाखाका निर्देशक रामहरी देवकोटाले जानकारी दिए ।

गत साउन १२ गते बसेको महाशाखाको बैठकले ३० वटा शर्तहरु पुरा गर्ने निर्णय गरी संचालनको लागी अनुमती दिएको हो । विद्यालय शिक्षालाई असर नपर्ने गरी आफ्नै स्रोत साधनबाट प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद्को नियम भित्र रहेर गतिविधी संचालन गर्नुपर्ने शर्तमा उल्लेख छ ।

विद्यालयले गत असार ३० कक्षा सञ्चालनको लागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निवेदन दिए अनुसार महाशाखाले स्वीकृती दिएको विद्यालयका प्राधानाध्यापक चिरञ्जिवी काप्रीले बताए ।

एसएलसी गरेकै विद्यालयबाट बाट प्राबिधिक तर्फको सिभिल ईन्जिनियर पठनपाठन गर्न पाउने भएपछि विद्यार्थीहरुले खुसी व्यक्त गरेका छन् ।

जनशक्ति मावि जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा चिनिन्छ । एसएलसी तथा एसईईमा उत्कृष्ट नजिता निकाल्न सफल विद्यालय खेलकुदमा पनि उत्तिकै अब्बल रहेको छ ।

images
प्रकाशित मिति :श्रावण २७, २०७९ शुक्रवार - २३:१८:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology