Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पार्टीका नेताहरूलाई एकताबद्ध बनाउन चुनौती रहेको प्रचण्डको भनाइ 

पार्टीका नेताहरूलाई एकताबद्ध बनाउन चुनौती रहेको प्रचण्डको भनाइ 

इच्छाकामना न्युज

२८, श्रावण २०७९
पार्टीका नेताहरूलाई एकताबद्ध बनाउन चुनौती रहेको प्रचण्डको भनाइ 
images

काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरूलाई एकताबद्ध बनाउन चुनौती रहेको बताउनुभएको छ । पार्टीभित्रका नेताहरूलाइ एकताबद्ध बनाएर अगाडि बढ्ने चुनौती आफूलाई रहेको उहाँको भनाइ रहेको छ । उहाँले पार्टीको नेतृत्व तहमा रहेका नेताहरूबीचको विवादले जनतामा नराम्रो सन्देश गइरहेको र त्यसलाई कसरी मिलाउने भन्ने सबैभन्दा ठूलो चुनौती रहेको प्रचण्डले बताउनुभयो ।  

images
images

आज पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभा कार्यक्रममा प्रचण्डले एक तहका नेताहरूमा पार्टीको विचार, नीति, व्यवहार र नेतृत्वप्रति विश्वास धर्मराएको आफूले देखेको अध्यक्ष प्रचण्डको  भनाइ थियो । नेताहरूको एउटा पंक्तिमा विचार, व्यवहार, नीति, नेतृत्वप्रतिको विश्वास धर्मराएको देखिएको र नेताहरू एकढिक्का भएर जाने हो भने जनता जुरुक्क उठ्ने सम्भावना रहेको उहाँको भनाइ छ ।  

तराई – मधेसका नेताहरूमा विवाद रहेकाले स्थानीय तह निवर्चानमा ५० ठाउँमा पराजित हुनुपरेको प्रचण्डले बताउनुभयो । मधेसमा अरु पार्टीबाट माओवादीमा कार्यकर्ता र बुद्धिजीवी प्रवेश गरिरहँदा पार्टीका शिर्ष नेताहरू भने आपसमा लडाइ गरिरहेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । 

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - १९:०९:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology