Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी स्थित डुम्रिडाडाँको दृष्टि युवा क्लबद्वारा गाउँमा सडक बत्ति जडान

आँबुखैरेनी स्थित डुम्रिडाडाँको दृष्टि युवा क्लबद्वारा गाउँमा सडक बत्ति जडान

इच्छाकामना न्युज

१०, पौष २०७७
आँबुखैरेनी स्थित डुम्रिडाडाँको दृष्टि युवा क्लबद्वारा गाउँमा सडक बत्ति जडान

आँबुखैरेनी, १० पौष । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नंं.१, डुम्रीडाँडा स्थित दृष्टि युवा क्लबले गाउँमा सडक बत्ति जडान गरेको छ। जंगली जनावरको आक्रमण तथा अपराधिक घटनाहरु न्यूनीकरणका लागि डिहि गाउँ ,डुम्रीडाँडा र ढाप गाउँमा ३० वटा सडक बत्ति जडान गरिएको हो। 
आँबुखैरेनी गाउँपालिका र स्थानिय बासिन्दाहरुको आर्थिक सहयोग र क्लबबाट गरी १ लाख १७ हजार रुपैंयाको लागतमा सडक छेउमा रहेको घरहरुबाट निःशुल्क विद्युत् सहयोगमा सडक बत्ति जडान गरिएको क्लबका अध्यक्ष पवन नेपालीेले जानकारी दिनुभयो। सडक बत्ति जडान पछि गाउँमा जंगल जनावरको आक्रमण तथा अपराधिक घट्नामा कमी आउनेमा विश्वस्त रहेको उहाँको भनाई रहेको छ। 
यस्तै, यहाँका स्थानीय वासिन्दालाई सडक बत्तीका कारण गाउँ बेशी गर्न, किसानलाई दूध डेरि सम्म पु¥याउन जान–आउन सहज हुने, विद्यार्थीहरुलाई बिद्यालय तथा कलेज जान, आउन सहज र सुरक्षित हुने, चोरी, डकैंती, अपराधिक घट्नाहरुमा कम हुने भएपछि स्थानीयबासी खुसी भएको क्लबका सचिव मनोज बास्तोलाले बताउनुभएको छ। 
गाउँलाई उज्यालो गाउँको रुपमा चिनाउने कार्यमा सहयोग गर्नुहुने गाउँपालिका, वडा कार्यालय, स्थानीयबासी, विभिन्न संघ–संस्था, व्यक्तिहरुलाई विशेष धन्यवाद दिनुहुदै आगामी दिनमा पनि गाउँको विकासका लागि सधै लागि पर्ने क्लबका उपाध्यक्ष केशव घिमिरेले बताउनुभएको छ।

images

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १९:२७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology