भारत । कश्मिरको पहलगाममा आइटीबीपी (इन्डो तिब्बतन बोर्डर पुलिस) को बस दुर्घटना हुदा ७ जना प्रहरी जवानको मृत्यु भएको छ । बसमा आइटीबीपीका ३७ र जम्मु कश्मिर प्रहरीका २ प्रहरी जवान सवार रहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।
उनिहरूका अनुसार बस चन्दनबाडीबाट पहलगाम जाँदै थियो । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
सीमा सुरक्षा बलले ट्वीट गरेर अमरनाथ यात्राको ड्युटीबाट फर्किरहेका जवानलाई बोेकेको बसको दुर्घटना भएको जानकारी दिएको छ । बस साधुपडाव र चन्दनवाडीको बीचको एक ढलानबाट नदीमा खसेको हो ।
नजिकै तैनाथ बीएसएफका जवान घटनास्थलमा पुगेका छन् र सबैभन्दा उद्दारकार्यमा जुटेका छन् ।