Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

बङ्गलादेशमा महँगी बढेपछि करिब तीन हजार नेपाली विद्यार्थीहरू समस्यामा 

बङ्गलादेशमा महँगी बढेपछि करिब तीन हजार नेपाली विद्यार्थीहरू समस्यामा 

images

इच्छाकामना न्युज

१, भाद्र २०७९
बङ्गलादेशमा महँगी बढेपछि करिब तीन हजार नेपाली विद्यार्थीहरू समस्यामा 
images

स्नेहा कर्ण, काठमाडौँ । बङ्गलादेशमा २ महिनामै १ सय १७ प्रतिशतले महँगी बढेपछि अध्ययनको शिलशिलामा बङ्गलादेश पुगेका नेपाली विद्यार्थीहरू समस्यामा परेका छन् । बङ्गलादेशमा इन्धन, खाद्यान्नलगायत सामग्रीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

चिकित्सा शिक्षा अध्ययनका लागि त्यहाँ पुग्नुभएका धनुषाका सत्यम महाशेठले महँगीले पठनपाठनका लागि आउनजानै समस्या भएको बताउनुभयो ।  

मँहगीका कारण बङ्गलादेशको ढाका, रङ्गपुर, राजशाही, लगायतका स्थानमा रहेका झन्डै ३ हजार नेपाली समस्यामा छन् । विशेषगरी चिकित्सा शिक्षा, इन्जिनियरिङ, कृषि, पशु विज्ञान लगायत विषयमा अध्ययन गर्न पुगेका नेपाली विद्यार्थीलाई बढ्दो महँगीले कसरी जीवन चलाउने भन्ने चिन्ता हुन थालेको छ ।

बङ्गलादेशमा पेट्रोल प्रतिलिटर १ सय ३५ टाका, डिजल र मट्टितेल १ सय १४ टाकामा बिक्रि भइरहेको छ भने चामल प्रतिकिलो ८२ टाका पुगेको छ । मासु, अन्डा, तेल, विजुली, ग्यास लगायतका सामग्रीको मूल्य पनि १० देखि ३० प्रतिशतसम्म वृद्धि भएको छ । महँगीका कारण नेपाली विद्यार्थीलाई कलेज आउन जान, खान, अध्ययनका लागि चाहिने सामग्री खरिद गर्न मुस्किल हुन थालेको छ ।

बङ्गलादेशस्थित नेपाली राजदूतावास कार्यालयका सचिव रञ्जन यादवले मँहगी बढेको भए पनि विद्यार्थीहरूले आधिकारीक जानकारी नगराएको बताउनुभयो ।

दक्षिण एशियाली मुलुकमध्ये बङ्गलादेशको अर्थ व्यवस्था सबैभन्दा तीव्र गतिमा अघि बढ्दै थियो । तर, कोरोना महामारी, इन्धनको बढ्दो खपत, बाढीका कारण खेतीयोग्य जमिनमा क्षति, निर्यातको दरमा कमीका कारण बङ्गलादेशको अर्थतन्त्र खस्किदै गएको छ । यसैका कारण भएको मँहगी र अभावमा नेपाली विद्यार्थी पनि परेका छन् । 

images
प्रकाशित मिति :भाद्र १, २०७९ बुधवार - ०९:२७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology