Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लामो झरना

गर्मीमा शीतल बनाउदै जलबिरेको लामो झरना

गर्मीमा शीतल बनाउदै जलबिरेको लामो झरना

इच्छाकामना न्युज

५, भाद्र २०७९
गर्मीमा शीतल बनाउदै जलबिरेको लामो झरना

पूजा ढकाल, चितवन । चितवनको जलबिरेमा रहेको लामो झरना युवाहरु माझ दिनप्रतिदिन लोकप्रिय हुँदै गएको छ । गर्मी याममा चिसो पानीमा खेल्न युवायुवतीहरुको भीड लाग्न थालेपछि इच्छाकामना गाँउपालिका–६ मा पर्ने यो झरना पर्यटकीय दृष्टिकोणले लोकप्रिय हुँदै गएको हो ।

images

झरना नारायणगढ–मुग्लिन सडक छेउमा पर्ने भएकोले पनि सडकमा यात्रा गर्ने यात्रुहरु बाटोमा रोकिएर झरनातिर उकालो लाग्छन् ।  जलबिरे झरना नारायणगढबाट २८ किलोमिटर मुग्लिन तर्फ र मुग्लिनबाट सात किलोमिटर नारायणगढ तर्फ पर्छ । त्यस्तै नारायणगढ–मुग्लिन मार्गको जलबिरे मन्दिरबाट २० मिनेटको पैदल यात्रापछि करिब ८०० मिटर उकालो पार गरेपछि लामो झरना आउँछ ।

जलबिरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङका अनुसार १२ महिना नै सञ्चालनमा रहने भएकोले विशेष त फागुनदेखि असोज महिनामा बढी पर्यटक र अन्य महिनामा पनि केही मात्रामा पर्यटक आउने गर्छन् । झरनामा क्यानोनिङ, क्लाइम्बिङ, स्विमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न, खेल्न, चिसो हावाको आनन्द लिन, फोटो खिचाउन देश तथा विदेशका विभिन्न मुलुकबाट पर्यटकहरु आउने गरेको गुरुङले नारायणी अनलाइनलाई जानकारी दिए । झरनामा बढी चितवन,नवलपुर, पोखरा, काठमाडौँ तथा तनहुँबाट पर्यटक आउने गरेको अध्यक्ष गुरुङले जानकारी दिए । उनीहरु प्राय गरेर शनिबार तथा सार्वजनिक बिदाको दिन आउने गर्छन् ।

झरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणस्थल भएकोले विदेशी पर्यटकका लागि प्रति व्यक्ति टिकट १०० र नेपालीका लागि ५० रुपैयाँ टिकट शुल्क निधारण गरिएको उनले जानकारी दिए । विसं २०६९ देखि पर्यटन विकासका रुपमा सुरु भएको यस झरनाको लम्बाइ १०२ मिटरभन्दा लामो छ । यस झरनाको डाँडाबाट खसेको पानीले सबैको मन लोभ्याउने गर्छ । जसका कारण धेरै मानिसको मन लोभिने र हरिया पहाडहरूको बीचमा शान्त वातावरणमा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्श लिन पर्यटक आउने गरेको उनको भनाइ छ ।

उनले दिएको जानकारी अनुसार हिजो (शनिबार) मात्रै यहाँ ६५० पर्यटक आएका थिए । तर २०७२ सालमा भने एकै दिन १२ सय ५० सम्म पर्यटक आएका थिए र यो वर्ष उक्त रेकर्ड तोडिने समितिको योजना छ । त्यस्तै अन्य समयमा पनि दैनिक ४–११ सयको हाराहारीमा यहाँ पर्यटन आउने गर्छन् । उनी भन्छन्, ‘गत वर्ष पनि २५ हजार पर्यटक आएका थिए र यो वर्ष भने ३०–३५ हजारको हारहारीमा पर्यटक झरना अवलोकन गर्न आउने समितिले आकलन गरेको छ ।’

झरनामा प्राय बाह्य पर्यटक फागुन चौतमा क्यानोनिङ गर्न आउँछन् र यो झरना क्यानोनिङ गर्न एसियाकै उपयुक्त मान्निछ । त्यस्तै बाह्रै महिना यहाँ पर्यटक आउने भएकोले झरना विकास गर्न हालसम्म झण्डै दुई करोड लगानी गरिएको छ भने अझै १० करोड आवश्यक पर्ने उनले बताएका छन् । अब आउने दिनमा भने प्रदेश, स्थानीय र संघीय सरकारसँग समन्य गरेर विभिन्न प्याकेज ल्याउने र इच्छाकामनाको अन्य पर्यटक क्षेत्रको विकासमा पनि जोड दिइने समितिको योजना छ । हाल यहाँ स्थानीय सरकारले टिकट काट्न र सफा गर्न दुई कर्मचारी राखेको छ । त्यस्तै समितिले दुई हप्ते सरसफाई अभियान पनि चलाएको छ र यो अभियान सुरु भएको १० दिन भएको छ । उनका अनुसार समितिले प्रत्येक वर्ष साउनको अन्तिममा झरना सफा गर्ने कार्य सुरु गर्छ । नारायणी अनलाईनबाट

images
प्रकाशित मिति :भाद्र ५, २०७९ आइतवार - २१:४७:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology