Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ हुने 

नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ हुने 

इच्छाकामना न्युज

९, आश्विन २०७९
नागरिकता विधेयक प्रमाणीकरणका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ हुने 
images

काठमाण्डौ । नागरिकता विधेयक प्रमाणीकरण नभएको सम्बन्धमा परेको रिटको सुनुवाइआज हुने भएको छ । आजका लागि पेशी तोकिएको भएपनि समय भने निर्धारण भइसकेको छैन । यसअघि शुक्रवारका लागि पेसी तोकिएकोमा हेर्न नभ्याइने सूचीमा परेपछि आजका लागि सुनुवाइसरेको हो ।

images
images

राष्ट्रपति विद्यादेवी भण्डारीले तोकिएको १५ दिनको समयावधिमा नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि प्रमाणीकरण गर्नका लागि परमादेश दिन माग गर्दै ५ वटा रिट दर्ता भएका छन् ।  अधिवक्ताहरू सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले राष्ट्रपति कार्यालयविरुद्ध रिट दर्ता गराएका थिए ।

बिहान साढे १० बजे सार्वजनिक गरिने पेशी सूचीमा नागरिकतासम्बन्धी विधेयक कसको इजलासमा परेको छ भन्ने थाहा हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताउनुभयो ।

images
प्रकाशित मिति :आश्विन ९, २०७९ आइतवार - ०८:५६:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology