Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

गोरखा २ बाट चुनाव लड्ने प्रचण्डको निर्णय स्वागतयोग्य र शानदार विजयको कामना : बाबुराम

गोरखा २ बाट चुनाव लड्ने प्रचण्डको निर्णय स्वागतयोग्य र शानदार विजयको कामना : बाबुराम

इच्छाकामना न्युज

२२, आश्विन २०७९
गोरखा २ बाट चुनाव लड्ने प्रचण्डको निर्णय स्वागतयोग्य र शानदार विजयको कामना : बाबुराम
images

चितवन । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गोरखा २ बाट निर्वाचन लड्ने निर्णयलाई स्वागतयोग्य भनेका छन् । यस पटक चुनाव नलड्ने घोषणा गरेका भट्टराईले ट्विटरमार्फत प्रचण्डलाई शानदार विजयको शुभकामना पनि दिएका छन् ।

images
images

यसअघिका निर्वाचनमा भट्टराई गोरखा २ बाट निर्वाचित हुँदै आएका थिए । प्रचण्डकै लागि उनले यस पटक चुनाव नलड्ने घोषणा गरेर प्रचण्डलाई ठाउँ खाली गराइदिएका हुन् । प्रचण्डले चितवन ३ छाडेर यस पटक गोरखा २ बाट चुनाव लड्ने तयारी गरेका हुन् ।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा–२ बाट यसपटक क पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना’, भट्टराईले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन २२, २०७९ शनिवार - ०८:२०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology