Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

बूढीगण्डकी आयोजना बारे बाबुराम भट्टराईले झुट बोले

बूढीगण्डकी आयोजना बारे बाबुराम भट्टराईले झुट बोले

इच्छाकामना न्युज

३०, आश्विन २०७९
बूढीगण्डकी आयोजना बारे बाबुराम भट्टराईले झुट बोले
images

गोरखा । राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नौ अर्ब भष्ट्राचारको आरोप लगाएका बाबुराम भट्टराईले उक्त सूचना गलत रहेको बताएका छन्।

images
images

शनिबार गठबन्धन दलले आयोजना गरेको चुनावी कार्यक्रममा सहभागी नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले भने ‘बूढीगण्डकीका विषयमा पहिले (त्यतीबेला) केहीकुरा आएको थियो, केही विषय पनि बाहिर आयो तर त्यो गलत सूचना आएको रहेछ।’ भट्टराईले अब बूढीगण्डकी परियोजना अघि बढ्नेमा आफू आशावादी भएको बताए। लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने ‘बाबुरामजिले बुढीगण्डकीको विषयमा एउटा कुरा सुनेको थिएँ भन्नुभयो, तपाईंलाई गलत सूचना दिएको रहेछ, कसैले एकचोटी भेरिफाई गर्नुहोला।’

दाहालले यस्तो बताएलगत्तै मञ्चमा बसिरहका भट्टराईले थपे ‘नेपालले नै बनाउने भएपछि अहिले यो सच्चियो नि।’ उनको यो प्रतिक्रियाले प्रशिक्षणमा सहभागी सत्तागठबन्धन दलका नेता कार्यकर्ता हाँसे। फेरि दाहालले बाबुरामलाई लक्षित गर्दै थपे ‘अहिले त सच्चियो भन्नुभा छ धन्यवाद, बूढीगण्डकी आफैँ बनाउने तिर हामी जाँदैछौँ, त्यो काम अघि बढाउँदैछौँ, तपाईले मलाई बलियो बनाउनु भयो भने त्यो छिटोछिटो जान्छ।’ तपाईंलाई दिइएको सूचना सही थिएन।

भट्टराईले गृहनगर पालुङटारमा आयोजित एक कार्यक्रमका केही समय अघि बूढीगण्डकी आयोजना निर्माणको काम विदेशी कम्पनीलाई दिएर माओवादी अध्यक्ष दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा लगायतले नौ अर्ब भष्ट्राचार गरेको प्रमाण आफू सँग भएको दाबी गरेका थिए। साथै उनले उक्त प्रमाण उचित समयमा पेश गर्ने भनेका थिए। अहिले दाहाल र भट्टराईको एकतापछि उनले लगाएको आरोपमा बारेमा सामाजिक सञ्जालमा चार्चा हुने गरेको छ। चुनाव नजिकिँदै गर्दा सञ्चाजमा चार्च बढेपछि भट्टराईले उक्त विषयमा शनिबार प्रष्ट्रिकरण दिएका हुन्।

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - १०:००:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology