Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

एकादशी मेला

एकादशी मेलाको पूर्वसन्ध्यामा मुग्लिन पारी त्रिवेणी भगवती मन्दिरमा श्रीमद् भागवद कथा वाचन हुने

एकादशी मेलाको पूर्वसन्ध्यामा मुग्लिन पारी त्रिवेणी भगवती मन्दिरमा श्रीमद् भागवद कथा वाचन हुने

इच्छाकामना न्युज

३, कार्तिक २०७९
एकादशी मेलाको पूर्वसन्ध्यामा मुग्लिन पारी त्रिवेणी भगवती मन्दिरमा श्रीमद् भागवद कथा वाचन हुने
images

मुग्लिन । गोरखाको शहिद लखन गाउँपालिका ३ मा पर्ने त्रिवेणी भगवती माईको मन्दिरमा श्रीमद् भागवद जीवन दर्शन कथा वाचन हुने भएको छ। हरिवोधनी एकादशीको अवसरमा हरेक वर्ष लाग्ने त्रिवेणी मेलाको पूर्वसन्ध्यामा यस वर्ष श्रीमद् भागवद जीवन दर्शन कथा वाचन कार्यक्रम गर्न लागिएको हो।

images
images

‘हामीले नगरे कस्ले गर्ने,अहिले नगरे कहिले गर्ने, दान गरौ, पुन्य कमाऔ’ भन्ने मूल नाराका साथ संचालन हुने कथा वाचन कार्यक्रममा सत्सङ्ग प्रखर प्रबक्ता श्री राधिका दासीले कथा वाचन गर्ने हरिबोधनी एकादशी त्रिबेणि मेला महोत्सव एवं तुलसी बिबाह श्रीमद भागवत जीवन दर्शन कथा सत्सङ्ग मुल आयोजक समितिका संयोजक सुर्य गुरुङले जानकारी दिए।

उनका अनुसार कथा वाचन कार्यक्रम यहि कार्तिक १२ गतेबाट १८ गतेसम्म एकसाता चल्नेछ भने कथा वाचनको समापन पश्चात सोहि दिन बेलुका त्रिवेणी मेला लाग्नेछ । त्रिवेणी भगवती मन्दिरको जिर्णोद्वार सहयोगार्थ कथा वाचन गर्न लागिएको पनि उनले बताए।

310553683_489917003157086_1421194531298491377_n.jpg

यस्तै मेलाको अवसरमा कालिका युवा क्लव निभारेको आयोजनामा १८ गते साँझ विविद्य साँस्कृतिक कार्यक्रम गरिनेछ । 

मेलामा कार्तिक १२ गतेदेखि विभिन्न व्यावसायिक स्टलहरु राख्न सुरु गरिनेछ भने स्थानीय कृषि उत्पादन लगायत विभिन्न प्रकारको उपजहरुको बिक्रीको लागि पनि स्टलको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। 

images
प्रकाशित मिति :कार्तिक ३, २०७९ बिहिवार - १०:०४:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology