Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

इच्छाकामना विशेष

इच्छाकामना न्युजले पाँचौ वार्षिकोत्सवमा ६ जनालाई सम्मान गर्ने

इच्छाकामना न्युजले पाँचौ वार्षिकोत्सवमा ६ जनालाई सम्मान गर्ने

images

इच्छाकामना न्युज

५, कार्तिक २०७९
इच्छाकामना न्युजले पाँचौ वार्षिकोत्सवमा ६ जनालाई सम्मान गर्ने
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालनमा आएको पहिलो अनलाईन न्युज पोर्टल इच्छाकामना न्युज डटकमले आफ्नो पाँचौ वार्षिकोत्सवमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने भएको छ । अनलाईनको संचालक संस्था इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा.लि.ले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अनलाईनको पाँचौ वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको जानकारी दिएको छ ।

अनलाईनको वार्षिकोत्सवको अवसरमा सम्मानित हुने व्यक्तित्वहरुमा इच्छाकामना चितवनका तोक्वान्दो खेलाडी सुप्रिका गुरुङ, आँबुखैरेनी तनहुँका कवि एवं साहित्यकार अनिल श्रेष्ठ, शहिद लखन गोरखाका लेखक एवं शोधकर्ता जीवन बहादुर आले मगर, इच्छाकामना चितवनका पुराना पत्रकार रोहिणी प्रसाद त्रिपाठी, गण्डकी गोरखाका खोजपत्रकार भीमलाल श्रेष्ठ र अल्पसंख्यक चेपाङ समुदायको पहिलो इन्जिनियर बेनिघाट रोराङ धादिङका मनिष चेपाङ रहेका छन्।

सम्मानित हुने व्यक्तित्वहरुलाई यहि कार्तिक २६ गते कुरिनटारमा एक भव्य कार्यक्रमको आयोजना गरि सम्मानित गरिने अनलाईनका सम्पादक देवराज गुरुङले जानकारी दिए।

bigyaptii copy.jpg

images
प्रकाशित मिति :कार्तिक ५, २०७९ शनिवार - ०८:५५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology