मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको मस्र्याङ्गदी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा किशोर गुरुङ चयन भएका छन्। संस्थाको आज सम्पन्न २२ औं वार्षिक साधारण सभा तथा अधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको हो।
अधिवेशनले चयन गरेको १३ सदस्यीय समितिको उपाध्यक्षमा खुम प्रसाद पन्त, सचिवमा ज्ञानुदेवी पाण्डे, सह–सचिवमा कुमार श्रेष्ठ, कोषाध्यक्षमा राधा कंडेल, सदस्यहरुमा मिन बहादुर श्रेष्ठ, दल बहादुर बुढाथोकी, जुना राजभण्डारी, बासुदेव सिलवाल, इस्लामदिन मिया, रिता अर्याल नेपाल, शान्ता पाण्डे त्रिपाठी र तारानाथ पन्त चयन भएका छन्।
यस्तै संस्थाको ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिको संयोजकमा निरञ्जना कंडेल, सदस्यमा देव गुरुङ र यान बहादुर गुरुङ, ऋण उप–समितिको संयोजकमा खुम प्रसाद पन्त, सदस्यहरुमा कृष्ण त्रिपाठी र लालिराम कंडेल साथै शिक्षा उप–समितिको संयोजकमा कमला भट्टराई, सदस्यमा शिव पौडेल र इश्वरीराम पोखरेल चयन भएका छन्।