Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

छठले समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गरेको छः प्रधानमन्त्री शेरबहादुर देउवा

छठले समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गरेको छः प्रधानमन्त्री शेरबहादुर देउवा

इच्छाकामना न्युज

१३, कार्तिक २०७९
छठले समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गरेको छः प्रधानमन्त्री  शेरबहादुर देउवा
images

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्न मद्दत पुगेको बताएका छन् ।

images
images

छठ पर्वको शुभकामना सन्देश जारी गर्दै देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्द्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको बताएका छन् ।

तराई, मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उनको भनाइ छ ।

पर्व र संस्कृतिले समाजलाई स्वच्छ र पवित्र राख्न, एकापसमा सद्भाव र सहिष्णुता बढाउन, विविधताभित्र एकता कायम गर्न सहयोग पुर्‍याउँदै आएको पनि देउवाले बताएका छन् ।

images
प्रकाशित मिति :कार्तिक १३, २०७९ आइतवार - ०८:१७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology