Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भोली कार्तिक १७ गते बेलुका मुग्लिनपारी त्रिवेणी भगवती मन्दिर परिसरमा रातभर एकादशी मेला लाग्ने

भोली कार्तिक १७ गते बेलुका मुग्लिनपारी त्रिवेणी भगवती मन्दिर परिसरमा रातभर एकादशी मेला लाग्ने

इच्छाकामना न्युज

१६, कार्तिक २०७९
भोली कार्तिक १७ गते बेलुका मुग्लिनपारी त्रिवेणी भगवती मन्दिर परिसरमा रातभर एकादशी मेला लाग्ने
images

मुग्लिन । गोरखा जिल्ला शहिद लखन गाउँपालिका ३ स्थित त्रिवेणी भगवती मन्दिर परिसरमा भोली कार्तिक १७ गते बेलुका देखि भब्य एकादशीको त्रिवेणी मेला महोत्सव हुने भएको छ ।

images
images

हरेक बर्ष हरिबोधनी एकादशीको अघिल्लो रात मुग्लिन पारी गोरखामा हुने मेला यस पटक फरक तर भब्य किसिमले मेला हुने त्रिवेणी भगवती धार्मिक तथा पर्यटकिय स्थल विकास व्यवस्थापन समितिका अध्यक्ष सूर्य गुरुङले बताए ।

मर्स्याङ्दी र त्रिशुली नदीको संगमस्थलमा रहेको त्रिवेणी भगवती मन्दिर परिसरमा यस पटक विशेष मेला लाग्ने उनले बताए । ‘मन्दिर परिसर एवं त्रिशुली नदी किनारमा फुलको डोली तोरण टाँगिनेछ’, उनले भने, ‘भक्तजनहरुपनि फुलको डोली लिएर आउँछन् ।’ १७ गते बेलुकीदेखि बत्ती बाल्ने, पुजापाठ गर्ने र पञ्चेबाजा बजाएर तोरण टाँगिने उनले बताए । रातभर जागा बसेर भक्तजनहरु फूलको डोली लिएर फूल तार्न, बत्ती बाल्न त्यहाँ पुग्ने गर्छन ।

‘श्री त्रिवेणी भगवती माताको मन्दिर पुनर्निर्माणको उद्देश्यले कार्तिक १२ गतेदेखि शुरु भएको श्रीमद्भागवत् कथा वाचन कार्तिक १८ गतेसम्म चलिरहने र कार्तिक १७ गते बेलुका देखि रातभर मेला लाग्ने र मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति हुनु का साथै बिबिध प्रतियोगितात्मक कार्यक्रम हुने छ।’ गुरुङले बताए।

images
प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - २०:५४:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology