Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

भयरहित वातावरणमा निर्वाचन हुनेमा राष्ट्रपति भण्डारीको विश्वास 

भयरहित वातावरणमा निर्वाचन हुनेमा राष्ट्रपति भण्डारीको विश्वास 

इच्छाकामना न्युज

१८, कार्तिक २०७९
भयरहित वातावरणमा निर्वाचन हुनेमा राष्ट्रपति भण्डारीको विश्वास 
images

काठमाण्डौ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त एवं पदाधिकारीहरूलेआगामी मङ्सिर ४ मा हुने निर्वाचनको तयारीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।  निर्वाचन आयोगका अनुसार राष्ट्रपति भवन शीतल निवासमा हिजो भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको व्यवस्थापन र तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

images
images

भेटका क्रममा राष्ट्रपति भण्डारीबाट निर्वाचनको व्यवस्थापन र तयारीका लागि आयोगले देखाएको क्रियाशीलताप्रति सन्तोष व्यक्त गर्दै भयरहित वातावरणमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोगले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

निर्वाचनको निष्पक्षता कायम गर्ने विषय आयोगको मात्र नभएर राजनीतिक दल, उम्मेदवार एवं सम्बन्धित सबै सरोकारवाला र समुदायको पनि भएकाले सबैको सहयोग, समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सम्पन्न हुने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

भेटमा निर्वाचन आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी र डा. जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र सहसचिव शालिग्राम शर्मा पौडेल सहभागी हुनुहुन्थ्यो ।

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - ०९:४१:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology