Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

राजनिति

विकास अलपत्र परेकाले राजनीतिमा छाड्न सकिन : नेता रामचन्द्र पौडेल

विकास अलपत्र परेकाले राजनीतिमा छाड्न सकिन : नेता रामचन्द्र पौडेल

इच्छाकामना न्युज

२४, कार्तिक २०७९
विकास अलपत्र परेकाले राजनीतिमा छाड्न सकिन : नेता रामचन्द्र पौडेल
images

अमरराज नहर्की, तनहुँ । तनहुँ, कात्तिक २४ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ–१ बाट प्रतिनिधी सभा सदस्यमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल विकास अलपत्र परेकाले उम्मेदवार बनेको बताउनुभयो । 

images
images

भानु नगरपालिका–१२ ओख्लेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले तनहुँमा २०७४ को चुनाव हारेपछि यहाँको विकास अलपत्र परेको बताउनुभयो  । ‘अलपत्र परेको विकासलाई गति लिन म उम्मेदवार बनेको हुँ नेता पौडेलले भन्नुभयो गठबन्धन सरकार बनाएर अघि बढेपछि तनहुँको विकास पुनः जुर्मुराएको छ’ ।

बुद्धसिंह मार्ग कालोपत्रे गर्न ४६ करोडको टेन्डर भइ काम सुरु भएको उहाँले बताउनुभयो । मादी मस्र्यांग्दी सडक र शालीग्राम मार्गका लागि ४०/४० करोडको बजेट निकासा भइ काम सुरु हुन लागेको पौडेललको भनाई थियो  । क्यामिन मार्ग, कालीमाटी–कुन्छा सडक, दमौली–केशवटार सडक लगायत दसौं सडक कालोपत्रे गर्न ठेक्का, टेन्डर समेत भइरहेका छन् । व्यास ३ र ५ जोड्ने पुल र कलेस्ती चिन्टुटार सारंघाट–सुन्तलामार्ग मोटरेवल पुल निर्माण हुन गइरहेको पौडेलले बताउनुभयो ।

त्यस्तै, चुँदी जलजले, दिउल खोला, जीताको खहरे आदिमा पनि मोटरेवल पुल निर्माण योजना आफ्नै पहलमा स्वीकृत भएको पौडेलले बताउनुभयो । कृषि क्रान्तिको क्षेत्रमा पशुपालन, तरकारी, फलफूल, खेती तथा मत्स्यपालनलाई आधुनिक र व्यवसायिक ढाँचामा अघि बढाउन उम्मेदवार बनेको उहाँको भनाई थियो  ।

’‘मसँग सपनाहरु छन्, योजनाहरू छन् र संकल्प र अठोट छ– नेपाललाई सुशासन दिने सम्पन्नता दिने र तनहुँलाइ चौतर्फी विकासको नमूना जिल्ला बनाउने’ नेता पौडेलले भन्नुभयो । देशमा व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको उहाँको भनाई थियो । जनतामा व्याप्त निराशा हटाउन यहाँ सुशासनको खाँचो  भएको पौडेलले बताउनुभयो । सुशासन दिने नैतिक सामथ्र्य मैले बचाएर राखेको पौडेलले बताउनुभयो ।

‘बहुदल आएपछिका दिनहरुमा गाउँ–गाउँमा अधुनिक सुविधाका पूर्वाधारहरु पुर्याएका छांै पौडेलले भन्नुभयोय  ती कति अधुरा छन्, अपूर्ण छन्  तिनलाई पूरा गर्नु छ, स्तरोन्नति गर्नुछ । आगामी पाँच वर्षमा एउटा उल्लेखनीय प्रगति हुनेछ– सबै गाउँमा कालोपत्रे सडक पुर्याइने नेता पौडेलले दाबी गर्नुभयो । नेता पौडेलले बिहीबार भानु नगरपालिका विभिन्न वडाहरुमा मतदातासँग भेटघाट गर्नु भएको छ । 

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - २२:५१:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology