Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

राजनिति

तनहुँले यसपटक प्रधानमन्त्री पाउने सम्भावना छ : प्रचण्ड

तनहुँले यसपटक प्रधानमन्त्री पाउने सम्भावना छ : प्रचण्ड

इच्छाकामना न्युज

२८, कार्तिक २०७९
तनहुँले यसपटक प्रधानमन्त्री पाउने सम्भावना छ : प्रचण्ड
images

तनहुँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने संभावना रहेको बताएका छन् । तनहुँ क्षेत्र नम्बर १ का सत्तारुढ गठबन्धनका उम्मेदवार पौडेलको डुम्रे बजारमा आज आयोजित चुनावी सभालाई सम्बोन्धन गर्दै उनले यस्तो बताएका हुन्।

images
images

सम्बोधनको क्रममा प्रचण्डले तनहुँबाट चुनाव जिताएर पठाए उनको प्रधानमन्त्री हुने संभावना रहेको बताए।

‘रामचन्द्रजीको ईच्छा र चाहना हामीलाई थाहा छ, ढुक्क सँग जिताउनु भयो भने त्यो सम्भवना बढ्यो बढ्यो,’ उनले अघि भने, ‘तनहुँले एक अवसर पाएको छ, यसलाई नगुमाउनु होस ।’

अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किसान सँग हारेका पौडेल यसपटक पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । प्रचण्डले गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं. १ को प्रदेश सभा २ का उम्मेदवार माओवादी नेता हरिबहादुर चुमानलाई जिताएमा गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने समेत बताए ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - १८:४९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology