तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ–१ को बामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेलले आफू प्रधानमन्त्री बन्नको लागि उम्मेदवार बनेको बताउनु भएको छ । बुधबार व्यास नगरपालिका–४ बागबजार आयोजित चुनावी कार्याक्रमलाई सम्बोधन गर्दै नेता पौडेले सरकारको नेतृत्व गर्न अत्यधिक मत दिएर विजयी गराउन आग्रह गर्नुभयो । गठबन्धनको सुत्रधार म नै हुँ, गठबन्धनकै कमाण्डर मलाई नै बनाईएको छ मलाई प्रधानमन्त्री बनाउन सबैलाई मान्य हुन्छ’ पौडेलले भन्नुभयो ।
कार्यकारी पदमा पुगेर जनताको सेवा गर्न उम्मेदवार बनेको नेता पौडेलको भनाई थियो । तनहुँ जिल्लाले नेपालकै नेतृत्व दिने हैसियत बनाएको पौडेलको भनाई थियो । ‘यो हैसियत तपाईहरु जस्तै उत्साहित मतदाताहरुको आशिवार्दले प्रेरणा र सहयोगले हैसियत निर्माण भएको हो, पौडेलले भन्नुभयो । देशमा सूशासनको खाँचो रहेको र त्यसलाई कायम गर्ने नैतिक सामर्थ आफूसँग भएको पौडेलले बताउनुभयो । ‘मलाई कुनै दाग लागेको छैन, मैले प्रधानमन्त्री भएर क्षमता देखाउने अवसर पनि पाएको छैन सिनियर नेता भएकाले कार्यकारी पद लिँदा सबैलाई स्विकार्य हुन्छ’ नेता पौडेलले भन्नुभयो ।
अझै पनि प्रवृत्तिहरु पुरानै भएको, विकृति नघटेको, सूशासन कायम हुन बाँकी रहेकोले प्रधानमन्त्री बन्न उम्मेदवार बनेको नेता पौडेलले दोहोराउनु भयो । जनताको जीवनमा परिवर्तन ल्याउनु पर्ने, रोजगारी र आम्दानीको अवसर गाउँ गाउँमा दिलाउनु पर्ने उहाँले बताउनुभयो । ‘सडक, विजुली, पानी, सञ्चार र पूर्वाधार निर्माणमा लाग्यौं, हामीले गाउँ गाउँमा सडक पु¥याऔं, स्कुल पु¥याऔ तर गाउँ रित्तिदै छन्, नेता पौडेलले भन्नुभयो गाउँ रित्तिने क्रम रोक्न गाउँमै रोजगारी पु¥याउनु पर्ने काम बाँकी छ’ ।
गाउँमै उद्योग व्यवसायहरु स्थापना गरेर, पर्यटनको विस्तार गरेर, कृषि क्रान्ति गरेर, त्यहाँ व्यवसायहरु खुलाएर, उद्योगहरु खुलाएर आम्दानी बढाउने र रोजगारी दिनु पर्ने नेता पौडेलले बताउनुभयो । हामी एक इतिहास निर्माणको घडीमा छौं । राजनीतिक क्रान्ति पुरा गरेका छौं नेता पौडेलले भन्ुनभयो । केही धमिराहरु छन् तिनलाई पाखा लगाउँदै अघि बढेका छौं । जनताको पाएको अधिकारको रक्षा प्रदान गर्दै अवरोधलाई पार गराउँदै नयाँ निर्माणको अध्याय थप्नु परेको पौडेलको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई यस पटक तनहुँले देशकै नेतृत्व लिने क्षमता भएको व्यक्ति उम्मेदवार पाउनु खुसीको कुरा भएको बताउनुभयो । साथै उहाँले कांग्रेसले निजी क्षेत्रलाई जिम्मा दिए पछि औद्योगिक क्षेत्र फष्टाएर रोजगारीमा र देशको आय वृद्धि भएको बताउनुभयो ।
कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार तनुहँु–१ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार अशोक कुमार श्रेष्ठले विकास प्रेमी, त्याग, निष्ठा, आर्दश, चरित्र र कर्मशिल वरिष्ठ नेता पौडेललाई देशको भविष्य र देशको नेतृत्व गर्न सक्ने नेता भएकाले विजयी गराउन आग्रह गर्नुभयो । श्रेष्ठले तनहुँका कांग्रेसले चुनाव हार्दा विकास अलपत्र परेको बताउनुभयो । प्रदेशलाई नमुना प्रदेशको क्षेत्रको रुपमा बनाउने अभियानमा लाग्ने बताउनुभयो । आफूसँग सूशासनका योजना रहेको र जनताको अधुरा सपनाहरु पुरा गरे उहाँले बताउनुभयो ।
कार्यक्रम नेकाको समानुपातिक उम्मेदवार चिनु पोख्रेल, नेपाली कांग्रेसका नेता तथा नेपाल उद्योग वाणिज्य पूर्व केन्द्रीय सदस्य वृषराज श्रेष्ठ, जिल्लाका युवा नेताहरु माधव न्यौपाने लगायतले मंसिर पहिलो साता वरिष्ठ नेता पौडेललाई तनहुँका जनताले प्रधानमन्त्री रुपमा पाउने अवसर दिन भारी मतान्तरणले विजयी गराउनु आग्रह गर्नु भएको थियो । सो अवसरमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति भुपाल आलेको जन्मदिनको उपलक्ष्यमा वरिष्ठ नेता पौडेल केक काटेर खुवाउनु भएको थियो ।