Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गठवन्धन सरकारले धेरै राष्ट्रघातको काम गरेको छ : केदार सिग्देल

गठवन्धन सरकारले धेरै राष्ट्रघातको काम गरेको छ : केदार सिग्देल

images

इच्छाकामना न्युज

१, मंसिर २०७९
गठवन्धन सरकारले धेरै राष्ट्रघातको काम गरेको छ : केदार सिग्देल
images

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ क्षेत्र नं २ (ख) का उम्मेदवार केदार सिग्देलले गठवन्धन सरकारले राष्ट्रघाती काम गरेको वताएका छन् । एमसीसीमा देशमा त्यति धेरै विरोध हुदाँ पनि गठवन्धनमै आवद्ध दलले सडकमा कार्यकर्ता उतारेर विरोध गर्ने तर संसदमा वहुमतको नाममा पास गरेर राष्ट्रघात गरेको वताए । एमसीसीमा जस्ताको तस्तै पास गरेर देशलाई खेलमैदान वनाएको समेत वताए । त्यसैगरि नेपाली नागरिकता विधेयकमा पनि एमालेले रोकेको तर वहुमतको नाममा पटक पटक पास गरेर राष्ट्रपतिकहाँ सिफारिश गरेर देशलाई भड्खलामा जाक्न खोजेको छ, सिग्देललले भने ।

एमालेले त्यसको सशक्त प्रतिवाद गरेको तर गठवन्धन र सरकारको कुर्चि जोगाउने नाममा पास गरेको छ । तर त्यो राष्ट्रपति कार्यलयमा विचाराधिन रहेको वताए । सरकार र सत्ता जोगाउन जस्तो पनि  सम्झौता गर्ने गठवन्धन सरकार जति सत्तामा रहन्छ । देश हित विपरित काम गरिरहन्छ, सिग्देलले भने । 

गठवन्धन नै देशका लागी घातक भएको  सिग्देलको टिप्पणी रहेको थियो । लोकतन्त्रका स्वच्छ प्रतिष्पर्धा गरेर श्रेष्ठता हासिल गर्नुपर्नेमा सत्तासिन दलहरु नै गठवन्धन गरेर विपक्षी दल एमालेको विरुद्धमा लागेर चुनावमा गएको हुदाँ गठवन्धन दल कति कमजोर रहेको छ भन्ने पुष्टि भएको वताए । निर्वाचनमा आफनो दलको घोषणापत्र लिएर जानुपर्नेमा गठवन्धनका नाममा जनतलाई भ्रमित पारेको समेत सिग्देलले वताए । 

जनताले अव देश र जनताको पार्टी को हो भन्ने वुझेका छन् । अत गठवन्धन सरकार वनाएर देशमा सधै अस्थिरता निम्त्याउने कि एमालेलाई जिताएर समृद्ध नेपाल निर्माण गर्ने जनताको हातमा रहेको छ । जनता नै सार्वभौम छन्, फैसला गर्ने समय आएको छ । पक्कै पनि जनताले समृद्ध नेपाल सुखी नेपालीको अभियानकर्ता एमालेलाई साथ दिनेछन्, सिग्देलले भने ।

सो कुरा सिग्देलले चुनावी प्रचारको सन्दर्भमा आयोजित कोणसभालाई सम्वोधन गर्ने क्रममा वताएका हुन् । 

images
प्रकाशित मिति :मंसिर १, २०७९ बिहिवार - ०९:०४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology