Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

भोटेकोशी बाढीमा बेपत्ता ३२ जिल्लाका २ हजार २९४ जनाको यकिन विवरण सार्वजनिक

भोटेकोशी बाढीमा बेपत्ता ३२ जिल्लाका २ हजार २९४ जनाको यकिन विवरण सार्वजनिक

images

इच्छाकामना न्युज

२२, कार्तिक २०८३
भोटेकोशी बाढीमा बेपत्ता ३२ जिल्लाका २ हजार २९४ जनाको यकिन विवरण सार्वजनिक
images

काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा परी बेपत्ता भएका ३२ जिल्लाका दुई हजार २९४ जनाको यकिन विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले ३२ जिल्लाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भई आएका विवरण मात्र सार्वजनिक गरेको जनाएको छ ।

893939331_1163999196142925_1183134042440278533_n-1794042509.jpeg

प्राधिकरणका अनुसार सबैभन्दा बढी रसुवाका एक हजार ५८३ जना रहेका छन् । त्यस्तै, धनकुटा, डडेलधुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलालीसहित ३२ जिल्लाका बेपत्ताहरूको सूची सार्वजनिक गरिएको हो ।

यसका साथै, सात देशका १७१ जना बेपत्ता नागरिकको विवरण पनि सार्वजनिक गरिएको छ । बेपत्ता व्यक्ति जीवित रहेको वा फेला परेको भए, निज वा एकाघरको परिवारका तर्फबाट सात दिनभित्र दाबी पेस गर्न प्राधिकरणले आग्रह गरेको छ ।

स्वदेशी व्यक्तिको हकमा पालिकाको सिफारिस र जिल्ला समितिको निर्णय तथा विदेशी व्यक्तिको हकमा कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणका आधारमा यो सूची प्रकाशन गरिएको हो । ३२ जिल्लाबाहेकका विवरण प्राप्त भएपछि पुनः सूचना प्रकाशित गरिने प्राधिकरणले जनाएको छ ।

गएको भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी एक हजार ४५७ जनाको ज्यान गएको पुष्टि भएको छ भने बाढीमा पाँच हजार २८५ जना बेपत्ता रहेका प्राधिकरणको तथ्याङ्क रहेको छ । बेपत्ता व्यक्तिको पूर्ण विवरण प्राधिकरणको वेबसाइटमा हेर्न सकिनेछ । 

images
प्रकाशित मिति :कार्तिक २२, २०८३ शनिवार - १५:१३:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology